+
+
Shares

फेसबुकले अब सोध्नेछः के हाकिम र आमालाई समेत देखाउन चाहनुहुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २९ गते ९:३५

shy people on facebook
जोसमा होस नपाइकन फेसबुकमा केही त्यस्तो काम त गर्दै हुनुहुन्न ? जसले पछि फुर्सदमा पछुताउनु परोस् । झोँकमा आएर अपाच्य तस्वीर अपलोड गर्ने वा खराब कमेन्ट गर्ने वा खराब सन्देश पठाउने जस्ता गलत काम गर्दै हुनहुन्छ र तपाइँलाई त्यस्तो काम गर्नबाट रोक्ने वा सम्झाउने तत्काल कोही छैन भने पनि अब चिन्ता गर्नु नपर्ने भएको छ । किनकी अब फेसबुले तपाइँलाई गलत काम गर्नबाट रोक्न मद्दत गर्नेछ ।
फेसबुकले यस्तो कृत्रिम चेतना प्रणाली अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स टुल्सको निर्माण गर्दैछ जसले प्रयोगकर्तालाई आफुले फेसबुकमा गर्न नहुने काम गर्न थालेको बेला चेतावनी दिनेछ ।
फेसबुकको आर्टिफिसियल इन्जेलिजेन्स अनुसन्धान ल्याब फेयरका प्रमुख यान ली कुन सहितको समूहले यस्तो प्रणालीको विकाश गर्ने आधारभुत गृहकार्य गरिरहेका छन् ।
लि कु फेसबुकमा यस्तो डिजिटल सहयोगीको विकाश गर्न चाहन्छन् जसले सम्भावित गलत कामको पहिचान गर्न सकोस् ।
लि कुन भन्छन्, ‘यो डिजिटल सहयोगीले तपाइँको काँधमा धाप मार्नेछ र भन्नेछ ओहो, यो सार्वजनिक रुपमै पोष्ट हुँदैन, के तपाइँ यो कुरा तपाइँको हाकिम वा आमाले समेत देखोस् भन्ने चाहनुहुन्छ ?’
यो टुल इमेज रिकग्निसन टेक्नोलोजी अर्थात् तस्वीर पहिचान प्रविधिमा आधारित हुने बताइएको छ ।
लि कुनका अनुसार केवल तस्वीर मात्र नभएर फेसबुकमा गरिने अन्य पोष्टहरुको समेत विश्लेषण गरिने र सोही आधारमा प्रयोगकर्तालाई चेतावनी वा सूचना दिने प्रणालीको विकाश गर्ने लक्ष्य राखिएको छ ।
फेसबुकको एआइ ल्याबले यसअघि नै यस्तो प्रणालीको विकाश गरिसकेको छ जसले फेसबुक प्रयोगकर्ताको व्यहोरा पहिचान गर्छ र प्रयोगकर्ताको बानी तथा रुची अनुसारको चिज उसको न्युज फिडमा राखिदिने गर्छ । -एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?