Comments Add Comment

पाँच करोडको लगानीमा सात किमी नहर बन्यो

२ पुस, पथरी । बाढीजन्य क्षति पुनर्निमार्ण योजना विराटनगरले पाँच करोड रुपैयाँको लागतमा सात किमि नयाँ नहर निर्माण सम्पन्न गरेको छ ।
सरकारले सप्तकोसी नदीको बाढीले क्षतिग्रस्त जमिनमा सिँचाइ गर्न सुनसरीको श्रीपुर, हरिपुर गाविसमा नहर निर्माणको काम सम्पन्न गरेको कार्यालयले जनाएको छ ।

सरकारको ४० प्रतिशत र एसियाली विकास बैंकको ६० प्रतिशत संयुक्त लगानीमा आव २०६७/६८ मा सात किमि पुल निर्माणको काम सुरु गरिएको थियो ।

पूर्वाञ्चल सिँचाइ डिभिजन नं २ ले सो नहर निर्माण गरेको हो । सो नहरबाट करिब दुई हजार हेक्टर जमिन सिँचित गर्ने सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख चन्द्रभुषण मल्लिकका अनुसार सप्तकोसीको सिपेच पानीलाई एकीकृत गरेर सो नहरबाट हरिपुर, श्रीपुर, लौकहीका जमिनमा सिँचाइ सुविधा पुग्ने छ ।

हरिपुर जल उपभोक्ता समितिका सचिव मनमोहन झाले निर्माण सम्पन्न भएको नहरले दुई हजार हेक्टर जमिन सिँचित गर्ने बताए ।

पाँच वर्षअघि सप्तकोसी नदीमा आएको बाढीले श्रीपुर, हरिपुर, लौकही, पश्चिम कुसाहालगायतका ग्रामीण क्षेत्रका खेतीयोग्य जमिन क्षतिग्रस्त भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment