Comments Add Comment

स्पेनमा क्रियाशील सदस्यता बितरण खुल्ला

Nepali_Congressबार्सिलोना । नेपाली जनसम्पर्क समिति स्पेनले क्रियाशील सदस्यता बितरण खुल्ला गर्ने निर्णय गरेको छ । नेपाली काग्रेसको महाधिबेशनलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको समितिले जनाएको छ। स्पेनबासी नेपालीहरुलाई एक महिनाभित्र समितिको कार्यालयबाट वा कार्य समितिका पदाधिकारीहरुसँग सम्पर्क गरी फर्म भर्न समेत समितिले आह्व्वान गरेको छ।

समितिका अध्यक्ष शालिकराम डुम्रेले कांग्रेसको बिधान अनुसार ५ सय सदस्य बितरण गरेमा एक निर्बाचन क्षेत्र अनुरुप मान्यता पाईने हुँदा बितरणलाई तिब्रता दिने बताए। डुम्रेले भने “स्पेनको हकमा यो सम्भव पनि छ तसर्थ हामी यसका लागि बार्सिलोना बाहिरका शहरहरुमा पनि सम्पर्क बढाएर संगठनलार्इ मजबुत बनाउने छौ। समितिको आगामी अधिबेशनको लागि पनि अन्त्यन्तै जरुरी भएकाले सदस्यता बितरणलाई प्राथमिकता दिईएको डुम्रेले बताए।

समितिले नेपालमा हुँदा नेपाली काग्रेस वा भात्रि संगठनमा रही काम गरेको वा बिदेश आएपछि पनि समितिप्रति आस्थावान भई योगदान दिएकाहरुलाई सदस्यता बितरण गर्ने भएको छ । सदस्यताको लागि २५ डलर शुल्क समेत लाग्रे समितिले जनाएको छ।

समितिको मंगलबार बसेको नियमित बैठकले जीप दुर्घटना परी असामायिक निधन भएका नेपाली कांग्रेसका सभासद तथा बागलुङ् जिल्लाका सचिव हरिबहादुर खड्काप्रति समबेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ। साथै समितिका पुर्ब कार्यसमिति सदस्य सन्त बहादुर क्षेत्री म्याग्दी समाज स्पेनको अध्यक्षमा सर्बसम्मत निर्बाचित भएकोमा बधाई तथा कार्य सफलताको शुभकामना ब्यक्त गरेको छ।

–बसन्त रानाभाटबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment