Comments Add Comment

पेट्रोलियम पदार्थको मूल्य फेरि घट्ने

२ पुस, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन गर्ने तयारी गरेको छ । भारतले मंगलबार पठाएको नयाँ मूल्य सूचीअनुसार मूल्य समायोजन गर्न लागिएको हो ।

Petrol-Pump‘हिजो आएको नयाँ मूल्यसूची ‘क्याल्कुलेसन’ गर्दैछौं, त्यहीअनुसार समायोजन हुन्छ,’ निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखबरसँग भने ।

आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाउने तयारी गरे पनि खाना पकाउने ग्यासको भने तत्काल नघटाउने भएको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोल, डिजेल र मट्टीतेलसँगै खाना पकाउने ग्यासको पनि मूल्य घट्दै आएको छ ।

घाटामा कारोबार गर्नुपरिरहेकाले खाना पकाउने ग्यासको मूल्य नघटाउने आयल निगमले जनाएको छ । खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २ सय ९१ रुपैयाँ अझै घाटा रहेको प्रवक्ता घिमिरेले जानकारी दिए ।

आयल निगमले अन्तराष्ट्रिय बजारमा हुने घटबढका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन गर्दै आएको छ । यसरी मूल्य समायोजन गर्दा निगमले ढीलो गर्ने गरेको भन्दै आलोचना हुँदै आएको छ ।

निगमले ढीलो मूल्य समायोजन गरेर बढी नाफा कमाउने उद्देश्य लिएको सरोकारवालाको आरोप छ । अन्तराष्ट्रिय बजारमा मूल्य समायोजन हुनेबित्तिकै नेपालमा पनि मूल्य समायोजन गर्न विद्यार्थी संघ-संगठनहरुले माग गरेका छन् ।

‘पेट्रोलियम पदार्थको खरिद बिक्री गर्ने अधिकार प्राप्त एकमात्र निकाय आयल निगमले भने अन्तरिक कारण देखाएर मूल्य घटाउन आनाकानी गरेको छ,’ लामिछानेले भने, ‘मूल्य समायोजन गर्नैपर्ने भए छिटो गर्नुपर्‍यो भन्ने हाम्रो माग हो ।’

नेबिसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनहरु यसबारे सरकारको ध्यानाकर्षण गराएका थिए । केही दिनअघि प्रधानमन्त्री सुशील कोइरालाले आपूर्ति मन्त्री सुनीलबहादुर थापालाई अन्तराष्ट्रिय बजार अनुसार मूल्य घटाउन निर्देशन दिएका थिए ।
अघिल्लो महिना पनि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment