Comments Add Comment

रोजगारीका लागि दैनिक १५ सय नेपाली विदेश जान्छन्

३ पुस, काठमाडौं । देशभित्र पर्याप्त रोजगारीको अवसर नभएकाले दैनिक करिब एक हजार पाँच सय नेपाली रोजगारीको लागि विदेशिनु परेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार आव २०५०/०५१ देखि २०७०/०७१ सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने कूल नेपालीहरूको सङ्ख्या ३४ लाख ४७ हजार ५६ पुगिसकेको छ ।

जसमा पुरुष सङ्ख्या ३३ लाख ३२ हजार ८ सय ७६ रहेको छ भने महिलाको सङ्ख्या एक लाख १४ हजार १ सय ८० रहेको छ । यसबाहेक शिक्षा, व्यापार, विवाह आदि कारणले विदेश जानेहरू तथा भारतमा रोजगारीका लागि गएका नेपालीहरूको सङ्ख्यालाई अभिलेख गर्न सकेको खण्डमा यो सङ्ख्यामा अझै वृद्धि हुने देखिन्छ ।

बि.स.२०६८ को जनगणना प्रतिवेदनले पनि देश बाहिर रहेका नेपालीहरूको कूल सङ्ख्या १९ लाख १७ हजार नौ सय तीन (जसमध्ये पुरुष ८६.७ र महिलाको सङ्ख्या १३.३ प्रतिशत) रहेको देखाएको छ ।

श्रम तथा रोजगार मन्त्रालयका सचिव सूर्य श्रेष्ठले वैदेशिक रोजगारमा सङ्लग्न कामदारको अधिकार संरक्षण र प्रवर्द्धन गर्न बनेको वैदेशिक रोजगार नीति, २०६८ र वैदेशिक रोजगार ऐन, २०६४ ले वैदिशिक कामदारका सबै विषयलाई समेट्न नसकेको हुँदा त्यसलाई समयअनुसार संशोधन गर्नुपर्ने बताए ।

वैदेशिक रोजगार प्रवर्द्धन वोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले चाहेर वा नचाहेर वैदेशिक रोजगारीका लागि विदेश जाने युवाहरू वैदेशिक रोजगारीबाट फर्किएपछि उनीहरूलाई नेपालमै पुनःस्थापना गरिनुपर्ने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment