Comments Add Comment

महिला सिटमा बस्ने ३४५ जना प्रहरी नियन्त्रणमा

Mahila seat (5)

४ पुस, काठमाडौं । सार्वजनिक यातायातमा महिलालाई आरक्षित स्थानमा बस्ने ३४५ पुरुषलाई ट्राफिक प्रहरीले दुई घन्टा नियन्त्रणमा राखेको छ ।

बिहान ९ बजेदेखि ११ बजेसम्म सञ्चालन गरेको अभियानमा बौद्ध, थापाथली, थानकोट, विमानस्थल, कमलपोखरीजस्ता स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रहरी उपरीक्षक वसन्त पन्तले महिलालाई आरक्षित ठाउँमा बस्ने पुरुषलाई नियन्त्रणमा लिएर ट्राफिक सचेतना दिएर छाडिएको बताए ।

कतिपय अवस्थामा अन्जानमै पुरुष महिला सिटमा बस्ने र कतिपय अवस्थामा जानीजानी नै बस्ने गरेकाले उनीहरूलाई पर्याप्त जानकारी दिने र आगामी दिनमा यस्ता कुरामा सचेत गराउने उद्देश्यले अभियान चलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकाका २५ स्थानमा जाँच गरिएको थियो । नियन्त्रणमा लिइएका पुरुषलाई नजिकैको प्रहरी चौकीमा लगेर सचेतना कक्षा दिइएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment