Comments Add Comment

एनसेलले भित्र्यायो ‘आईफोन ६’ र ‘आइफोन ६ प्लस’

i phone ncell (4)
४ पुस, काठमाडौं । देशकै प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि आईफोन ६ र आईफोन ६ प्लस लगायतका एप्पलका पि्रमियम मोवाइल सेटहरु नेपाली बजारमा भित्र्याएको छ ।
कम्पनीले एनसेलको सिम तथा डेटा अफरसँग बन्डल गरेर आईफोन ६ र आईफोन ६ प्लसका १६ जी.बी., ६४ जी.बी. र १२८ जी.बी.का तिन फरक मोडलहरु एक कार्यक्रम माँझ शुक्रवार सार्वजनिक गरेको हो ।
‘आफ्ना ग्राहकका लागि डेटा बन्डलसँगै एप्पलका पि्रमियम ब्राण्ड आईफोन नेपालमै पहिलो पटक सार्वजनिक गर्न पाउँदा हामी हषिर्त छौं ।’- एनसेलकी कर्पोरेट कम्यूनिकेसन्स निर्देशक सञ्जु कोइरालाले भनिन् -‘नेपाली तथा अन्तर्राष्ट्रिय टप ब्राण्ड बिचको यो सहकार्य हाम्रा ग्राहकका लागि विशेष हुने विश्वास छ ।’
बन्डल अफर अन्तर्गत एनसेलले आईफोन ६ र आईफोन ६ प्लसका सेट खरिद गर्ने ग्राहकलाई सिमसँगै ६ महिनासम्म प्रत्येक महिना १ जी.बी. डेटा निःशुल्क उपलब्ध गराएको छ ।
ग्राहकले हाल आईफोन ६ को १६ जी.बी. सेट रु ८३,९९९ मा, ६४ जी.बी. सेट रु ९४,४९९ मा र १२८ जी.बी. सेट रु १०७,९९९ मा खरिद गर्न सक्छन् । साथै आईफोन ६ प्लसको १६ जी.बी. सेट रु ९४,४९९ मा, ६४ जी.बी. सेट रु १०७,९९९ मा र १२८ जी.बी. सेट रु १२०,९९९ मा खरिद गर्न सक्छन् । सेटको मूल्य अमेरिकी डलरको परिवत्र्य दर अनुसार फरक पर्न सक्नेछ ।
ग्राहकले नेपाल ईन्भेष्टमेन्ट बैंक, हिमालय बैंक र नबिल बैंकको सहज किस्तामा पनि सेट खरिद गर्न सक्छन् ।

i phone ncell (7)
‘एप्पलले नेपालमै पहिलो पटक आधिकारीक रुपमा आफ्ना सेटहरु भित्र्याएकोले ग्राहकले अब विक्री पश्चातका सेवा तथा एप्पलको विश्वव्यापी वारेन्टिको लाभ प्राप्त गर्नेछन्,” एनसेलका बिटुबि निर्देशक प्रणयराज पाण्डेले भने ।
एनसेलका ग्राहकले एनसेलको डेटा बन्डल अफर रहेका यि आईफोनका सेट कृष्ण टावर, दरवारमार्ग, महाराजगञ्ज, कुमारीपाटी, चावहिल, कलंकी र वनेपा लगायतका सात एनसेल सेन्टरबाट खरिद गर्न सक्छन् । एनसेलको नम्बर प्रयोग गरिरहेका ग्राहकले यि सेटहरु खरिद गर्दा प्राप्त हुने डेटा अफर एनसेल सेन्टरबाट आफ्नै विद्यमान नम्बरमा पनि प्राप्त गर्न सक्छन् ।
एनसेलको कृष्ण टावरस्थित एनसेल सेन्टरबाट आईफोन ६ प्लस खरिद गर्दा तिनकुनेका प्रकुल कुमार नेपालमै पहिलो आधिकारीक आईफोनका ग्राहक भएका छन् । उनी तथा नयाँ वानेश्वरका विशाल कार्की (दोस्रो आईफोन ६ प्लस खरिदकर्ता) लाई सेन्टरमै आयोजित एक कार्यक्रममा एनसेलकी ग्राहक सम्बन्ध निर्देशक सोमा थापाले आईफोन ६ प्लस सेट हस्तान्तरण गरिन् । साथै एनसेलले आफ्ना कर्पोरेट ग्राहकका लागि एक कार्यक्रम बिच आईफोन सेटहरु सार्वजनिक गरेको थियो ।

i phone ncell (8)

साँझमा भएको कार्यक्रममा ग्राहकले एक्सपिरिएन्स जोनमा आईफोनका विभिन्न सेटमा एनसेलको सेवाको अनुभव लिँदै नजीकैको सेल्स जोनबाट सेट खरिद गरेका थिए ।
बन्डल अफर अर्को सूचना नआउन्जेल जारी रहने एनसेलले जनाएको छ ।

i phone ncell (1) i phone ncell (2) i phone ncell (6) i phone ncell (10) i phone ncell (12) i phone ncell (14)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment