६ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पताल पुगेर दाँतको उपचार गराएका छन् ।
प्रचण्डको दाँतको जराको उपचार गरिएको उनका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए ।
उनका अनुसार डा. शरिता प्रधान र आशा थापासहितको टीम उपचारमा संलग्न छन् ।
प्रचण्डको उपचार शुक्रबारबाट सुरु भएको थियो । उपचार सोमबार पनि जारी रहने खड्काले बताए ।