Comments Add Comment

भूवन केसीलाई सम्मान गर्दै ‘इच्छा’को प्रचार

bhuwan-kc
नायक भूवन केसीलाई माघ २ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘इच्छा’को निर्माणपक्षले सम्मान गरेको छ । यस चलचित्रका निर्देशक मुनाल घिमिरेले आफूले सानैबाट भूवन केसीको चलचित्र हेरेर यो क्षेत्रमा आउने चाहना पालेको बताए । भूवन केसीले नेपाली चलचित्र क्षेत्रममा ३० बर्ष बिताएको भन्दै सम्मान गरिएको मुनालले बताए ।

कार्यक्रममा ढिलो आइपुगेका कलाकार सुवास थापाले आफूले आजसम्म गरेका भूमिकामध्ये यो चलचित्र फरक रहेको खुलाए । निर्देशक मुनाल घिमिरेले चलचित्रलाई आफूले मनदेखि बनाएको भन्दै दर्शकले हेरेर उच्च मुल्यांकन गरिदिने खुलाए ।

दयाहाङ राई, सुवास थापा, शिखा शाही लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रले बाबु आमा र छोराछोरीको चाहनामा देखिएको भिन्नतालाई देखाउन खोजेको छ । कार्यक्रममा चलचित्रका कलाकारहरु भने अनुपस्थित थिए ।

नायक भूवन केसीले चलचित्रको सफलताका लागि शुभकामना दिए । कार्यक्रममा नायक भूवन केसी, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिपि्रय लगायतले चलचित्रको अडियो बिमोचन पनि गरेका थिए । ichha-audio-bimochan

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment