Comments Add Comment

बालकलाई करणी गर्ने युवकलाई १० वर्ष जेल

सनिउल्ला धोबी
८ पुस, कपिलवस्तु । छ वर्षका बालकलाई अप्राकृतिक करणी गर्ने एक युवकलाई कपिलवस्तु जिल्ला अदालतले १० वर्षको कैद र १० हजार जरिवाना तोकेको छ ।
कपिलवस्तु जिल्ला अदालतले दोहनी गाविसका तौलु भन्ने सराफत अली मुसलवानलाई यो सजाय सुनाएको हो । कपिलवस्तुमा पहिलोपटक नै युवकले बालकलाई करणी गरेको आरोपमा जिल्ला अदालतले यस्तो फैसला गरेको जनाएको छ ।

जिल्ला अदालत कपिलवस्तुका जिल्ला न्यायाधीश अच्युतप्रसाद भण्डारीको एकल ईजलासले सराफतलाई कसुरदार ठहराउदै सो फैसला सुनाएका थिए । मुलुकी ऐनको जबर्जस्ती करणी मलको बुँदा नम्बर ३ र १ को बुँदाअनुसार सो सजाय तोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment