+
+

भूवन केसी भन्छन्-‘विदेश जान्न, चलचित्रमै मर्छु’

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ८ गते १०:१३

bhuwan-kc
नायक भूवन केसीले आफू पैसा कमाउन विदेश नजाने बताएका छन् । एक कार्यक्रममा भूवनले आफूलाई अमेरिकाले ६ महिना भित्र गि्रन कार्ड दिने भन्दै त्यस्तो सुविधा पाएर पनि नजाने बताए ।

भूवनले भने-‘मलाई अमेरिकामा रहेका छोराछोरीले  यतै आउनुहोस् भन्छन् । नेपाली चलचित्रको स्कोप छैन भन्छन् । तर, म तिमीहरु उतै आफ्नो भविष्य बनाउँदै गर, म भने नेपाली चलचित्रमै रहन्छु भन्छु ।’

भूवनले आफू नेपाली चलचित्रका लागि नै जन्मेको भन्दै चितामा पुग्दा समेत यही क्षेत्रका लागि नै समर्पित रहने खुलाए । नायक केसीले आफ्नो जस्तो चाहना छोरा अनमोल केसीमा पनि रहेको भन्दै उसको करिअर सफल बनाउन सबैले सहयोग गरेकोमा धन्यवाद दिए ।
भूवनले धेरै चलचित्र खेल्दैमा कोही स्टार नहुने भन्दै धेरै भन्दा राम्रा चलचित्र खेल्नुपर्ने बताए । उनले, आफूले पनि राम्रा चलचित्र खेलेको भन्दै अगाडिका  दिनमा पनि स्तरिय चलचित्र बनाउने दाबी गरे ।

नायक केसीले कुनै पनि चलचित्र एकजना व्यक्तिका कारण सफल नहुने भन्दै यदि कसैले त्यस्तो दाबी गरेमा उ मुर्ख रहेको खुलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?