Comments Add Comment

गाडी चढ्ने ज्येष्ठ नागरिकले पाएनन् भाडा छुट

९ पुस, काठमाडौ । सरकारले ज्येष्ठ नागरिकहरुका लागि सार्वजनिक सवारी साधनमा दिएको आरक्षण र ५० प्रतिशत भाडा छुट कार्यान्वयन हुन सकेको छैन ।

100-year-old local resident Babou Zay holds his walking stick as he talks to a journalist about his damaged house near Mingora in Pakistan's Swat Valleyजेष्ठ नागरिकका लागि हिजोआज केही सार्वजनिक सवारी साधनले जेष्ठ नागरिकका लागि आरक्षण सीट छुट्याए पनि उनीहरु पूरै भाडा तिर्न बाध्य छन् ।

सरकारले ज्येष्ट नागरिकका लागि बनाएको निर्देशिका अनुसार ६० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकहरुका लागि दुईवटा सिट आरक्षण दिनुपर्ने उल्लेख छ ।

ज्येष्ठ नागरिकका लागि दुई सिट आरक्षण मात्र होइन, आरक्षण सिटमा बसेका दुई जनाले ५० प्रतिशत कम भाडा तिरे पुग्छ ।
सार्वजनिक सवारी साधनमा यात्रा गर्दा सबै भन्दा पहिले चढेका दुईजना ज्येष्ठ नागरिकलाई आरक्षण सिट र सहुलियतको ब्यवस्था गरिएको छ ।आरक्षण सीटमा बसेका दुईजनाले ६० वर्ष कटेको परिचयपत्र देखाएपछि भाडामा ५० प्रतिशत छुट पाउँछन् ।

आरक्षण सीटमा नबस्ने वा उभिने वृद्ध वृद्धाले भने ६० वर्ष कटे पनि भाडामा छुट पाउँदैनन् । भाडा छुट पाउन आरक्षण सीटमा बसेकै हुनुपर्छ ।

गाडीमा यात्रा गर्दा आरक्षित ज्येष्ठ नागरिकको दुई सिट बाहेक पनि अन्य ज्येष्ठ नागरिकलाई पनि सम्भव भए सम्म सिट मिलाउनुपर्ने निर्देशिकामा जनाइएको छ । ज्येष्ठ नागरिकहरुले ज्येष्ठ नागरिक प्रमाणका रुपमा महिला तथा बालबालिका मन्त्रालयले जारी गरेको ज्येष्ठ नागरिकता प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, ड्राइभिङ लाइसेन्स वा पेन्सनपट्टालाई आधार मान्न सकिने जनाइएको छ ।

ज्येष्ठ नागरिकहरुलाई सरकारले सुविधा दिने निर्णय गरे पनि लागू नगरेको भन्दै लामो समयसम्म आन्दोलनमा उत्रिएका थिए । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा वा कुनै पनि सार्वजनिक स्थानमा सेवा लिँदा अपमानित हुनुपर्ने अवस्था रहेको ज्येष्ठ नागरिकहरुको गुनासो छ ।

बढी भाडा लिइए हेलो सरकारमा फोन

यसैवीच अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेपछि गाडी भाडा घटाइएको छ । बढी भाडा लिइएमा हेल्लो सरकारमा फोन गर्न सरकारले आग्रह गरेको छ ।

भाडासम्बन्धी कुनै दुविधा भए वा तोकिएको भन्दा बढी भाडा लिएमा हेलो सरकारको हटलाइन टोल फ्रि नम्बर १११ मा फोन गर्न सकिने तथा विभागमा ४४७४९२२ वा ४४७४६७ नम्बरमा टेलिफोन गर्न सकिने जनाइएको छ ।

अन्तर्राष्ट्रिय बजारमूल्य अनुसार पेट्रोलियम पदार्थको भाउ घटे पनि गाडी भाडा भने एकदेखि तीन प्रतिशत मात्रै घटाइएको छ । घटेको गाडीभाडा मंगलवारदेखि नै लागू गरिएको यातायात ब्यवस्था विभागले जनाएको छ ।

घटेको भाडा अनुसार सार्वजनिक सवारी साधनमा एक प्रतिशत तथा मालबाहक सवारीको पहाडी क्षेत्र काठमाडौदेखि पोखरासम्मको भाडामा २.७३ प्रतिशत र तराईको हकमा २.०२ प्रतिशतले भाडा घटाइएको छ । मिटर जडित ट्याक्सीको भाडा भने यथावत नै राखिएको यातायात ब्यवस्था विभागले जनाएको छ ।

काठमाडौ उपत्यका लगायत अन्य सहरी क्षेत्रमा चार किलोमिटरसम्मको भाडा १५ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, पाँच किलोमिटरसम्म १६ रुपैयाँ, ६ किलोमिटरसम्म १८ रुपैयाँ, ८ किलोमिटरसम्मको भाडा १९ रुपैयाँ र १० किलोमिटरसम्मको २१ रुपैयाँ भाडादर कायम गरिएको छ ।

यसैगरी, १५ किलोमिटरसम्म २२, १६ किलोमिटरसम्म २५, १९ किलोमिटरसम्म २६ र १९ किलोमिटरभन्दा माथिको २७ रुपैयाँ भाडादर कायम गरिएको छ ।

विद्यार्थी संगठन असन्तुष्ट

विद्यार्थी संगठनहरुले भने सार्वजनिक सवारी साधनमा एक प्रतिशतमात्रै घटाइएको भाडा मान्य नहुने जनाएका छन् । उनीहरुले डिजेलको भाउ घटे अनुसारकै अनुपातमा भाडा घटाइनुपर्ने माग गरेका छन् ।

सत्तारुढ दलका विद्यार्थी संगठनसहितका १३ विद्यार्थी संगठनहरुले संयुक्त वैठक गरी सोमवार मात्रै सरकारलाई भाडा घटाउन २४ घण्टे अल्टिमेटम दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment