Comments Add Comment

मधेसवादी दलको अडान नेपाली मनसँग मेल खान्न : पोखरेल

९ पुस, काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले प्रदेश बनाउँदा मधेस र पहाड छुट्याउने मधेसवादी दलको अडान नेपाली मनसँग मेल नखाने बताएका छन् ।

shankar pokhrelबुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार नेता पोखरेलले केपी ओली नभइ प्रचण्डले महाराजाको व्यवहार देखाएको आरोप लगाए ।

प्रचण्डले विधि र प्रक्रियाबाट विचलित भएको भन्दै उनले भने-‘बैठकमा केही समय ढिला पुग्ने वितिकै विभिन्न टिकाटिप्पणी गर्ने तर, बैठक छोडेर प्रक्रिया नमान्ने चाहीँ के हो, सडकबाटै संविधान जारी गर्छु भन्नु नै महाराजा प्रवृत्ति हो । ‘

कांग्रेस-एमालेले अघि सारेको प्रस्ताव दुई तिहाईको साझा प्रस्ताव भएको भन्दै उनले मोर्चाको तर्फबाट ९ बुँदे प्रस्तावमा आधारित भएर ठोस अवधारणा अघि सार्न आग्रह गरे । मोर्चाले सहमतिको लागि ठोस प्रस्ताव नल्याए संविधान नबनाउन मोर्चा गठन भएको सावित हुने उनको भनाइ छ ।

एमाले नेता पोखरेलले कुनै हालतमा मधेश र पहाडलाई अलग गर्न नहुने धारणा राखे ।

कांग्रेसका नेताअर्जुननरसिंह केसीले समय धेरै घर्किसकेकाले अब माघ ८ मा संविधान आउँछ भनेर जनतालाई ढाँट्न नहुने स्पष्ट पारे । उनले भने-‘माघ ८ मा संविधान त परै जाओस मस्यौदासम्म आएपनि ठूलो विजयी हुने थियो, अब माघ ८ मै संविधान आउँछ भनेर झूठो बोल्नुहुँदैन ।’

कार्यक्रममा एमाओवादी नेता अग्नि सापकोटाले कांग्रेस र एमालेले प्रक्रियाबाट संविधान जारी गरे आफूहरु संविधानसभाबाट बाहिरिने चेतावनी दिए । जनतालाई अधिकार दिन सत्तापक्षले कन्जुस्याँई गरेको भन्दै उनले तत्काल निर्णय पूर्नविचार नगरे देशले फेरि अर्को कोर्स लिने बताए ।

कांग्रेस-एमालेले प्रक्रियाबाट संविधान जारी गरे आफूहरु टुलुटुलु हेरेर मात्रै नबस्ने बरु सशक्त रुपमा प्रतिकारमा उत्रने उनको चेतावनी थियो ।

३० दलीय मोर्चाको आन्दोलन सहमतिका लागि कांग्रेस र एमालेलाई साइजमा ल्याउन भएको भन्दै एमाओवादी नेता सापकोटाले भने-‘यदि उहाँहरु सहमति गर्न तयार हुनुहुन्छ भने हामी आन्दोलन गर्दैनौं । कांग्रेस एमालेको कोर्टमा बल छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment