Comments Add Comment

दक्षिण सुडानमा नेपाली शान्ति सेना थापाको निधन

Nepal-Army-pukat-thapa-Death-in-Sudan

९ पुस, काठमाडौं । दक्षिण सुडानमा शान्ति सेनामा खटिएका नेपाली सेनाका प्युठ पुकार थापाको निधन भएको छ ।

फोर्स प्रोटेक्सन ड्युटीमा खटिएका उनी पुस ३ गते बेहोस भएका थिए । उनको उपचारका क्रममा निधन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उनको शव नेपाल ल्याइएको छ । गौचरस्थित कालीप्रसाद गणको प्राङ्गणमा सैनिक सम्मानका साथ अन्तिम श्रदाञ्जली अर्पण गरिएको छ ।

भक्तपुरको कटुञ्जे गाविस-४, कोलडांडा घर भएका थापा श्री नम्बर १ गौचर व्यारेकमा प्यूठमा कार्यरत थिए ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार शान्ति स्थापनार्थ तैनाथ ६० जना शान्ति सैनिकहरुले शहादत प्राप्त गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment