Comments Add Comment

बैंककमा अपहरित तीन नेपाली सकुशल मुक्त

९ पुस, काठमाठौं । जघन्य प्रकृतिको सगंठित अपराध केन्द्रित अनुसन्धान गर्दै आएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले थाइल्याण्डमा बन्धक बनाइएका तीनजना नेपाली विद्यार्थीहरुको सकुशल उद्धार गर्न सफल भएको छ । सीआईबीले बन्धक बनाउने कार्यमा संलग्नलाई कानूनी दायरामा समेत ल्याएको छ ।

kidnaped-neplese-people in Thailand

  • बन्धक बनाइएका नेपाली विद्यार्थीको उद्धार गर्दै सीआईबी

नेपाली विद्यार्थीहरु रोनेश श्रेष्ठ, कर्ण आचेथु र विभुष रिजाललाई सीआईबीले सकुशल अपहरण मुक्त गराएको हो । सीआईबीको पहलमा सर्लाही छतौना ९ का ३० वर्षीय सुजन यादवसहित एक पाकिस्तानी र एक थाई नागरिकलाई स्थानीय सुरक्षाकर्मीले पक्रेका छन् ।

बैंककको एजम्प्सन यूनिभर्सिटीमा अध्ययनरत नेपाली युवाहरु ४ पुसदेखि सम्पर्कमा नरहेको सूचना पाएपछि प्रहरी उपरीक्षक पिताम्बर अधिकारी नेतृत्वको टोलीले बैंकक प्रहरीसँग मिलेर अनुसन्धान सुरु गरेको थियो ।

SUJAN-YADAB-'SHRICHAN',-Sarlahi
सुजन यादव

अपहरणकारीले नेपाली युवाहरुका अभिभावकलाई टेलिफोन गरी फिरौती रकम मागेका थिए । उनीहरुले प्रयोग गर्ने टेलिफोनको आधारमा फिरौती रकम बुझ्ने सुजन यादव भनेर चिनिने श्रीचन रायलाई पक्रन सफल प्रहरी सफल भएको हो ।

अपहरणकारीबारे थप अनुसन्धान भैरहेको सीआईबीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment