Comments Add Comment

पहिलो हप्तामै पाँच सय नेपालीले हात पारे आइफोन ६, झण्डै ३ हजार बुकिङ

iphone-6-at-hand९ पुस, काठमाण्डौ । नेपालमा बिक्रि सुरु भएको भएको पहिलो सातामै करिव ३ हजार आइफोन बुकिङ भएका छन् । तुलनात्मकरुपमा महंगो भएपनि आइफोनप्रति नेपाली ग्राहकको आर्कषण ब्यापक देखिएको छ ।
‘रिसेलरहरुले करिव ३ हजार पीसको अर्डर दिएका छन’ नेपालका लागि एप्पलका आधिकारिक बितरक जेनेरेसन नेक्स्टका प्रबन्ध निर्देशक पवनकुमार भिमसरियाले भने-‘तर, मागेजति दिनसक्ने अबस्था छैन् ।’
खुद्रा बिक्रेताले गरेको बुकिङअनुसार एप्पलसमक्ष अर्डर पठाएको भएपनि जनवरीको पहिलो हप्तामात्र सप्लाई हुनसक्ने भिमसरियाले बताए ।
‘क्रिसमस र नयाँ बर्षले गर्दा एप्पलका कार्यालयहरुमा बिदा हुन थालिसक्यो’ भिमसरियाले भने- ‘ग्राहकले करिव दुई साता कुर्नुपर्छ ।’
पि्र बुकिङ गरेका करिव पाँच सय ग्राहकले भने आइफोन पाइसकेको उनले जानकारी दिए । ‘लन्च नहुँदै करिव १५ सय बुक भइसकेका थिए तर हामीले चाहेर पनि दिन सकिरहेका छैनौं’ भीमसरियाले भने ।
नेपालमात्र नभएर बिश्वभर नै आइफोनको अभाव देखिन थालेको छ । ठूलो साइजको ‘आइफोन ६ प्लस’को चर्को मागका कारण एप्पलले आइफोन ६ को उत्पादन कटौती गर्दै सम्पूर्ण ध्यान ६ प्लसमा केन्दि्रत गरिरहेको छ । जसका कारण बिश्वभरी नै आइफोनको अभाव देखिएको छ । अमेरिकाभित्रै पनि एप्पलले अर्डर गरेको सात दिनभित्र मात्र आइफोन दिइरहेको छ ।
‘एप्पलले सुरुमै मागको ५० प्रतिशतमात्र दिनसक्ने बताएको थियो’ भिमसरियाले भने- हामीले सुरुदेखि नै माग र आपूर्तिवीचको सन्तुलन मिलाउन खोजे पनि चर्को मागका कारण सकिरहेका छैनौं ।’
एप्पलले गत डिसेम्बर १९ मा नेपालमा आइफोन ६ र आइफोन ६ प्लसको बिक्रि सुरु गरेको थियो । ६ वटा खुद्रा बिक्रेता स्टोर र एनसेलका १८ वटा सेन्टरमार्फत् ग्राहकले आइफोन बुक गर्न सक्छन् ।
यी पनि पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment