Comments Add Comment

पत्रकारलाई कुट्ने दुई इन्जिनियर पक्राऊ

Bramhadev-Yadav-Journalist-Morang
पत्रकार व्रम्हदेव यादव

१० पुस, विराटनगर । विराटनगरका पत्रकार व्रम्हदेव यादवलाई कुटपिट गर्ने मध्येका दुई जनालाई प्रहरीले पक्रेको छ ।

कुटपिटमा संलग्न तारा पौडेल र प्रेमचन्द्र झालाई प्रहरीले बुधबार साँझ पक्रेको हो । उनीहरु दुबै सुनसरी मोरङ सिचाई योजनाका इन्जिनियर हुन् ।

विराटनगर साप्ताहिकका पत्रकार यादवलाई समाचार लेखेको विषयमा बुधबार दिउँसो उनीहरुले कुटपिट गरेका थिए । एकसाता अघि विराटनगर साप्ताहिकमा सुनसरी मोरङ सिचाई योजनामा भएको भ्रष्टाचार सम्वन्धि समाचार छापिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक प्रभु ढकालका अनुसार पत्रकार यादवले दिएको किटानी जाहेरी अनुसार कुटपिटमा संलग्नलाई पक्राउ गरिएको जानकारी दिए । उनले घटनाको अनुसन्धान जारी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment