Comments Add Comment

डिग्री दोस्रो वर्षको परीक्षा माघ २५ देखि (तालिकासहित)

१० पुस, काठमाडौं । स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा माघ २५ गतेदेखि सुरु हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालयले सार्वजनिक सूचना जारी गर्दै आगामी माघ २५ देखि परीक्षा हुने तालिका सार्वजनिक गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले वाषिर्क परीक्षा प्रणाली अनुरुप २०७१ सालमा सञ्चालन हुने २०७० सालको मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र कानुन दुई वर्षे तर्फ परीक्षा तालिका सार्वजनिक गरेको हो ।

त्रिविका अनुसार स्नातकोत्तर द्वितीय वर्षको नियमित तथा प्राइभेट पूरा तथा आंशिक परीक्षा एकै पटक सञ्चालन हुनेछ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म सञ्चालन हुनेछ ।

परीक्षा तालिका  ठूलो बनाएर हेर्न तालिकामा क्लिक गर्नुहोस्

exam-sedule

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment