Comments Add Comment

रौतहटमा अवैधरुपमा गिट्टी बालुवा उत्खनन

Scavetor-Using-Bagmati-River-Rautahatगौतम श्रेष्ठ
१० पुस, रौतहट । सरकारी नियम कानूनलाई उल्लघन गर्दै रौतहटको नदीबाट अवैधरुपमा बालुवा गिट्टी उत्खनन भइरहेको छ । पुल तथा नदीको मूल प्रवाहबाट पाँच सय मिटर टाढाबाट मात्रै बालुवा गिट्टी निकाल्ने सरकारी निर्देशिका विपरीत रौतहटको बाग्मती नदीबाट दैनिक सयौं घनमिटर बालुवा गिटी निकालिए पनि स्थानीय प्रशासन मौन छ ।

समनपुर ६ मा पुल निर्माणको ठेक्का पाएको एलाइट कम्पनीले गैरकानूनी रुपमा नदी भित्र स्काभेटर प्रयोग गर्दै आएको छ । ठेकेदार कम्पनीले। पुल निर्माण भन्दा पनि बालुवा र गिट्टी बिक्रीमा बढी ध्यान दिएको स्थानीयको भनाइ छ । बाग्मती नदीको मूल प्रवाह मै स्काभेटर प्रयोग गर्दै बालुवा झिकीरहे पनि स्थानीय प्रशासनले कारवाही प्रक्रिया अघि बढाएको छैन ।

जिल्ला विकास समितिले नदी भन्दा पाँच सय मिटर परबाट दैनिक २५० घनमिटर बालुवा निकासीका लागि अनुमती दिएको छ ।

तर, ठेकेदार कम्पनीले नदीको बहाव नै प्रभावित हुने गरी नदी भित्र ठूला खाडलहरु बनाउन थालेपछि स्थानिय पनि चिन्तित भएका छन् । नदी किनारमै रहेको समनपुर बजारका बासिन्दा बाढीकोबेला नदीले गाउँ नै बगाउने त्रासमा छन् ।

हरेक वर्ष बाढीको त्रासमा रहने स्थानियका लागि आगामी दिन झनै कहाली लाग्दो हुने भएकाले त्यसलाई बेलैमा रोक्न स्थानिय कामेश्वर सहनीले माग गरे ।

स्थानिय विकास अधिकारी शिवकुमार कार्कीले भने अवैधरुपमा खोलामा मेशिन प्रयोग भएकोबारे जानकारी आएकोले तत्काल पत्राचार गरी कारवाही प्रक्रिया अघि बढाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment