+
+

मनमोहन अस्पताललाई चीनबाट ९० लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १० गते १२:२५

१० पुस, काठमाडौं । काठमाडौको दक्षिणभेगस्थित मनमोहन स्मृति सामुदायिक अस्पताल, फर्पिङलाई स्वास्थ्योपचारमा चाहिने उपकरण खरिद गर्न चीन सरकारले ९० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

विभिन्न सेवासहित १५ शैया क्षमताको अस्पतालमा आकस्मिक सेवा, अपरेसन थिएटरलगायतमा आवश्यक पर्ने सामग्रीका साथै, भेन्टिलेटर, अल्ट्रासाउन्ड मेसिन आदिको खरिदका लागि नेपालस्थित चिनियाँ दूतावासबाट उक्त सहयोग प्राप्त भएको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शशि शर्मा अर्यालका अनुसार प्राप्त सहयोगबाट उपकरण खरिद प्रक्रिया अघि बढाइ चाँडै नै अस्पतालको सेवामा उपयोग गरिने छ ।

यसअघि मंसिर ५ गते चिनियाँ दूतावासको सहयोगमा अस्पताल परिसरमा स्वास्थ्य शिविर सञ्चालन गरिएकामा गत डिसेम्बर १ मा दूतावासले अस्पतालका पदाधिकारीहरुलाई दूतावासमा बोलाएर उक्त सहयोग हस्तान्तरण गरेको उनले जानकारी गराए ।

०६० सालदेखि सञ्चालनमा आएको अस्पतालले सामान्य स्वास्थ्योपचार सेवादेखि दाँत, आँखा, ओपिडी, आमा सुरक्षा कार्यक्रम, नियमित खोप सेवा सञ्चालन गर्दै आएको छ । साथै टेलिमेडिसिन सेवामार्फत बिरामीको उपचार पनि गर्दै आएको अस्पतालले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?