Comments Add Comment

चितवनमा हात्ति महोत्सव

११ पुस, चितवन । चितवनको सौराहामा आजदेखि ११ औं ‘हात्ति महोत्सव’ सुरु हुदैछ । बाघमारा सामुदायिक वनको चौरमा हुने महोत्सवको वन तथा भुसंरक्षण मन्त्री महेश आचार्यले उदघाटन गर्ने कार्यक्रम छ ।

chitawan-1उदघाटन अघि विभिन्न जातजातिका संस्कृति झल्कने झाँकीसहितको शोभा यात्राले सौराहाका विभिन्न क्षेत्र परिक्रमा गर्ने छ ।

महोत्सव अन्तर्गत हात्ती दौड, गाडा दौड, टाँगा दौड, डुङ्गा दौड, हात्तीका छावाहरुबीचको रोमाञ्चक फुटबल, हात्ती सुन्दरी प्रतियोगिता हुनेछन् । हात्तिको बनभोज यसपटकको मुख्य आकर्षणको रुपमा रहने महोत्सव आयोजक क्षेत्रिय होटल संघ सौराहाका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सव संयोजक सुमन घिमिरेले जानकारी दिए ।

महोत्सवका लागि ३७ लाख ६९ हजार रुपैया खर्च लाग्ने आयोजकको अनुमान छ । हात्तीको संरक्षण र यसको महत्वको बारे जनचेतना जगाउने उद्देश्यले चितवनको सौराहामा हरेक वर्ष पुष ११ गतेदेखि हात्ती महोत्सवको आयोजना गरिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment