+
+

सिन्धुलीमा सवारी दुर्घटना, दुईको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ११ गते १५:२७

११ पुस, काठमाडौं । सिन्धुलीको कमलामाईमा शुक्रबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

सिन्धुलीबाट बर्दिवासबाट ना २ ख ५८३६ नम्बरको बस र विपरित ना २ च ६९५९ नम्बरको जीप कमलामाई ७ बुकामा एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । घाइतेहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बर्दियामा एकजनाको मृत्यु

यसैबीच पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको डेउढाकला गाविसमा ट्रक र जिप ठोक्किदा एकजनाको घटनास्थलमै ज्यान गएको छ । अन्य ५ जना घाइते भएका छन् ।

ना ३ ख ९०७३ नम्वरको ट्रक र रा १ ज २९२ नम्वरको जिप डेउढाकला ८ माछागढ भन्ने स्थानमा ठोक्किदा जिपमा सवार बर्दिया धधवार गाविसका ४५ वर्षीय माया ज्ञवालीको घटनास्थलमै ज्यान गएको हो । घाइतेहरुको बाँकेको कोहलपुरमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?