+
+

कोशी प्रदेशमा ५ मन्त्री र दुई राज्यमन्त्री थपिए

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते १६:२८

४ जेठ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गरेर १० सदस्यीय बनाएका छन् ।

२७ वैशाखमा मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकारमा दुई जना विनाविभागीय मन्त्री थिए । शुक्रबार पाँच मन्त्री र दुई राज्यमन्त्री थपेर कार्यविभाजन समेत गरिएको छ ।

शुक्रबार एमालेबाट एकराज कार्की, पाँचकर्ण राई र लिलावल्लभ अधिकारी मन्त्री नियुक्त भएका छन् । माओवादी केन्द्रबाट नारायण बुर्जा मगर र राजेन्द्र कार्की मन्त्री बनेका छन् ।

त्यसैगरी एमालेबाट सिर्जना राई र माओवादी केन्द्रबाट बन्दना झागड राज्यमन्त्री बनेका छन् ।

यसअघि एमालेबाट राम राना र माओवादी केन्द्रबाट गणेश उप्रेती मन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि, उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी आफूसँगै राखेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी रामबहादुर मगर र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राजेन्द्र कार्कीले पाएका छन् ।

सामाजिक विकास मन्त्रीमा पाँचकर्ण राई, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रीमा एकराज कार्की, भौतिक पूर्वाधार विकास मन्त्रीमा गणेश उप्रेती नियुक्त भएका छन् ।

त्यसैगरी पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायणबहादुर मगर र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा लिलावल्लभ अधिकारी नियुक्त भएका छन् ।

बन्दना झागरले पर्यटन, वन तथा वातावरण राज्यमन्त्री र सिर्जना राईले मुख्यमन्त्री कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?