+
+

नयाँ पत्रिकाले थाल्यो ‘न्यानो बाँडौं’ अभियान, १० हजार कम्बल संकलन गरिने

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ११ गते १७:१९

११ पुस, काठमाडौ । नयाँ पत्रिका दैनिकले सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत जाडो र शीतलहरले प्रभावित जनताका लागि कम्बल संकलन अभियान थालेको छ ।

nayapatrika-logo-finalहरेक बर्षजसो चिसोका कारण सयौं नेपालीले ज्यान गुमाइरहेको अवस्थामा नयाँ पत्रिका दैनिकले उनीहरुका लागि न्यानो बाँड्ने अभियान थालेको हो

‘१० हजार कम्बल बाँड्ने हाम्रो लक्ष्य हो’ नयाँ पत्रिका दैनिकका अध्यक्ष एवं सम्पादक कृष्णज्वाला देवकोटाले भने- पहिलो र दोस्रो दिनमा उत्साहजनक सहभागिता देखिएको छ ।’

अभियानअन्तर्गत पहिलो दिन ६ सय १६ थान कम्बल संकलन भएको छ भने दोस्रो दिन ८ सय ३५ थान कम्बल संकलन भएको छ ।

यो अभियानमा एमाओवादी नेता डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका सभासद गगन थापालगायतले ऐक्यवद्धता जनाउँदै परोपकारी काममा हातेमालो गर्न आह्वान गरेका छन् । भट्टराईले आफ्नो तलबबाट २ सय थान कम्बल दिने ट्वीटरमार्फत् घोषणा गरेका छन् ।

यस्तै सभासद् गगन थापाले पनि २ सय थान कम्बल दिने घोषणा गरेका छन् ।

चिसोमा कठाङ्ग्रिएका जनतालाई न्यानो बाँड्न चाहनेहरु आफैं कम्बल किनेर वा कम्बल किन्ने पैसा नयाँ पत्रिकालाई दिएर अभियानमा सहभागि हुन सक्नेछन् ।

एक हजार ७ सय रुपैयाँमा नयाँ पत्रिका दैनिकको बार्षिक ग्राहक बनेमा त्यही रकमबाट नयाँ पत्रिकाले एक थान कम्बल चिसो पीडित जनतालाई दिने देवकोटाले जानकारी दिए ।

कम्बल दिन चाहने दाताले नयाँ पत्रिकाको फोन न. ९८४३७७०२८३/९८१८४४९३१६ मा सम्पर्क गरी नयाँपत्रिकाकर्मीलाई घरमै बोलाउन सकिने छ । बिदेशमा बस्ने दाताहरुले [email protected] मार्फत् सम्पर्क गरी कम्बल दिने तरिकाबारे जानकारी पाउन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?