+
+

महोत्तरीमा १०७ किलो गाँजासहित एक व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते १९:२२

७ जेठ, जनकपुरधाम । महोत्तरीबाट १०७ किलो गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । सर्लाहीको पर्सा गाउँपालिका १ का २१ वर्षीय चन्दन यादव सोमबार दिउँसो पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक धर्मराज मुडभरीका अनुसार औरही नगरपालिका ८ टिम्कियामा बीआर ३० एएच २३८८ को भारतीय नम्बर प्लेटको कारलाई चेकजाँच गर्दा गाँजा बरामद भएको हो ।

कारको डिक्कीमा लुकाएर लैजाँदै गरेको अवस्थामा २० वटा पोकामा रहेको १०७ किलो ४८५ ग्राम गाँजा बरामद भएको मुडभरीले बताए ।

प्रहरीले यादवका साथै ओसारपसारमा प्रयोग भएको कार पनि नियन्त्रणमा लिएको छ । यादवलाई महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?