Comments Add Comment

राप्ती नदीमा पहिलोपटक र्‍याफ्टिङ

rafting-on-Rapti-River-dang-final

  • राप्ती नदीमा र्‍याफ्टिङको सफल परीक्षण गरिएको छ ।

निमुसंगम घर्ती

१३ पुस, घोराही । दाङको देउखुरी भएर बग्ने राप्ती नदीमा पहिलोपटक र्‍याफ्टिङ सुरु भएको छ । राप्ती उद्योग बाणिज्य संघ भालुबाङले आयोजना गरेको कृषि, पर्यटन र औद्योगिक व्यापार महोत्सवको अबसर पारी दाङ खण्डमा पर्ने राप्ती नदीमा पहिलो पल्ट र्‍याफ्टिङ सञ्चालन गरिएको हो ।

पर्यटन विकासका लागि राप्ती नदीमा र्‍याफ्टिङ सञ्चालन गर्न सकिने अध्ययनले देखाएपछि वगासोतीदेखि भालुबाङसम्मको ७ किलोमिटर दुरीसम्म सयर गर्ने गरिएको छ ।

वगासोतीदेखि भालुबाङसम्म सयर गरे वाफत प्रतिब्यक्ति १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसीले पर्यटन विकासका लागि सम्भावनाको खोजी गर्न महोत्सव आयोजना गरेको र राप्ती नदीमा र्‍याफ्टिङ नौलो भएको बताए ।

पर्यटन र आर्थिक बिकासका लागि एउटा सम्भाबना भेटिएको छ,’ डिसीले भने, ‘दीर्घकालीन रुपमा र्‍याफ्टिङ ब्यवसाय सञ्चालन गर्न सकियो भने आन्तरिक तथा वाहृय पर्यटकहरु भालुवाङ क्षेत्रमा भित्रिने थिए, हामीले यसलाई स्वर्गद्वारीसँग पनि जोडेर हेर्न सक्छौं ।’

प्रत्येक डुङ्गामा गोताखोर र सबैलाई लाईफ ज्याकेटको व्यवस्था गरिएको छ । एघार दिनसम्म चल्ने महोत्सव भर र्‍याफ्टिङको मजा लिन सकिने छ । दाङ जिल्लामा र्‍याफ्टिङ नौलो भएकाले पनि सयर गर्नेहरुको भिडभाड हुन्छ ।

चितवनको त्रिशुली नदीमा व्यवसायीक रुपमा र्‍याफ्टिङ सञ्चालन गर्दै आएको टोलीले राप्ती नदीमा र्‍याफ्टिङ सञ्चालन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment