Comments Add Comment

रौतहटमा चिसोले २ को मृत्यु, विद्यालय बन्द

गौतम श्रेष्ठ
१३ पुस, रौतहट । शितलहर र चिसोका कारण रौतहटमा एक ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । देवाही गाविस ५ का काशी साहको चिसोका कारण कठ्याङ्गि्रएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

साहसँगै रौतहटमा चिसोका कारण ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । चिसोका कारण रौतहटमा गत वर्ष २३ जनाको मृत्यु भएको थियो ।

बिहानैदेखि चल्ने चिसो हावा र बाक्लो हुस्सुका कारण रौतहट लगायत तराईका जिल्लाको जनजीबन प्रभावित बनेको छ ।

शितलहरकै कारण बालबालिकाहरु विद्यालय आउन नसकेपछि रौतहटका सबै सामुदायीक तथा सरकारी विद्यालयहरु एक साताको लागि बन्द गरिएको छ । विभिन्न शिक्षक संगठनहरुको आह्वानमा विद्यालयहरु जाडो बिदाका रुपमा बन्द गरिएको जिल्ला शिक्षा कार्यालय रौतहटले जनाएको छ ।

विद्यालयहरुले स्थानिय बिदाबाटै कट्टा हुने गरी जाडो बिदा दिइएको जिल्ला शिक्षा अधिकारी नगेन्द्र पौडेलले बताए । यसैगरी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनले पनि जिल्लामा सन्चालित सबै निजी विद्यालयहरुलाई एक साताका लागि जाडो बिदा दिन अनुरोध गरेको छ ।

केही दिन यता मौसममा एक्कसी आएको परिवर्तनका कारण तराई क्षेत्रमा अत्यधिक चिसो बढेको छ । चिसोबाट बालबालिका, जेष्ठ नागरिक, विरामी तथा दैनिक ज्यालादारीमा काम गरेर पेट पाल्नेहरु बढि प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment