Comments Add Comment

अमिर खानको ‘पीके’ बहिष्कार गर्न बाबा रामदेवको अपील

ramdev-and-pk
योग गुरु बाबा रामदेवले अमिर खान अभिनित चलचित्र ‘पीके’लाई बहिष्कार गर्न अपील गरेका छन् ।

एक टेलिभिजनसँग कुरा गर्दै रामदेवले अहिले कोही व्यक्ति हिन्दु धर्मविरुद्ध आपत्तिजनक रूपमा आएको भन्दै त्यसलाई बहिष्कार गर्नुपर्ने बताएका हुन् ।

अमिर खानको चलचित्रविरुद्ध देशैभरी एफआइआर दर्ता भएको भन्दै रामदेवले हिन्दु धर्मावलम्बीहरुलाई ‘पीके’ विरुद्ध उत्रन आह्वान गरेका हुन् ।

आमिर खानप्रति इङ्गित गर्दै उनले भने-‘यती ठूलो मानिस आपत्तीजनक रुपमा हिन्दु देविदेवताहरुको विरुद्धमा उत्रिएर आनन्दित देखिएका छन् ।’

चलचित्र ‘पीके’विरुद्ध पहिलो पटक यस्तो आवाज सुनिएको भने होइन । यसअघि पनि यो चलचित्रले धर्मको चर्को आलोचना गरेको भन्दै भारतका विभिन्न स्थानमा एफआइआर दर्ता भएका थिए ।

तर, राजकुमार हिरानीको निर्देशन र अमिर खान, अनुष्का शर्मा लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रले बक्स २ सय करोडमाथि व्यापार गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment