
रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘साइँली’ रिलिज हुन केही दिन मात्र बाँकी छ । शुक्रबारदेखि रिलिज हुन लागेको यो चलचित्रको अहिले दैनिक एउटा काउनडाउन ट्रेलर सार्वजनिक भैरहेको छ ।
तर, यो चलचित्रको काउनडाउन प्रचार सामाग्रीमा कमेडीलाई स्थान दिइएको छ । रामबाबु गुरुङ विशेषगरि, टिपिकल कमेडीलाई टिपेर चलचित्र बनाउन सिपालु छन् । यसपटक उनले ‘सुन साइली सुन साइली’ बोलको गीतलाई चलचित्रमा उतारेका छन् ।
यो चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई लगायतका कलाकारको मुख्य भूमिका छ । चैत्र लागेपछि फेरि चलचित्रको व्यापारमा खडेरी सुरु भएको छ । चलचित्र ‘साइँली’को व्यापारले यो खडेरीलाई तोड्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4