+
+

क्षेत्रीको उपचारका लागि कोरियामा सहयोग संकलन अभियान

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १३ गते १९:३७

suryakumar-chetriकोरिया । नेपाली कांग्रेसको भातृसंघ नेपाली जनसम्पर्क समिति कोरियाले ब्रेन ट्युमरको थप उपचारका लागि दिल्लीमा भर्ना भएका गीतकार सूर्यकुमार क्षेत्रीको उपचारका लागि सहयोग अभियान सुरु गरेको छ।

नेपाल प्रेस युनियनका सचिवसमेत रहेका क्षेत्रीको क्षेत्रीको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया पश्चात् करिव ४५ दिनको थेरापी दिल्लीस्थित बिएलके हस्पिटलमा चलिरहेको छ।

क्षेत्रीको उपचारको लागि नेपाल सरकार, मन्त्री परिषदको बैठकले ५ लाख सहयोग गर्ने निर्णय गरेको थियो भने नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन पत्रकार तथा संगीत सम्बद्ध संस्थाहरूले सहयोग प्रदान गरेका छन् ।

अहिले दिल्लीमा क्षेत्रीको थेरापी चलिरहेको अवस्थामा  नेपाली जनसम्पर्क समिति द. कोरियाले उपचारमा सहयोग गर्ने हेतुले समितिका सह-महामन्त्री जीतेन्द्र महताको संयोजकत्वमा आर्थिक संकलन गरेर रकम पठाउने निर्णय गरेको जानकारी समितिका सभापती नबराज शिवाकोटीले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?