Comments Add Comment

ओली झापातिर लागेपछि शीर्ष बैठक निष्कर्षविहीन

१४ पुस, काठमाडौं । संविधानका अन्तरवस्तुमा सहमति जुटाउन भन्दै सोमबार बिहान बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको छ । बैठक सुरु हुँदा नहुँदै एमाले अध्यक्ष केपी ओली विमानस्थलतिर लागेपछि बैठक विना निश्कर्ष टुंगिएको हो ।

Kp-oli

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाको बैठकमा संविधानका विवाद तथा सत्ता समीकरणका विषयमा छलफल गर्ने कार्यक्रम थियो ।

एमाले अध्यक्ष ओली गृहजिल्ला झापाबाट फर्केपछि बुधबार अर्को बैठक बस्ने नेताहरुले बताएका छन् ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका नेताहरुले छलफल सकारात्मक रहेको दाबी गरेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्षिप्त प्रतिक्रिया दिँदै भने-कुरा नमिल्या पनि हैन, मिलिसक्यो भन्ने स्थिति पनि छैन ।’

एमाले वरिष्ठ नेता झलनाथ खनालले शीर्षतहमा समग्र विषयमा छलफल भैरहेको भन्दै संविधानका विवाद प्रक्रियाबाट टुंगो लगाउनुको विकल्प नभएको बताए ।

मधेसी मोर्चाको तर्फबाट बैठकमा सहभागी फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले छलफल सकारात्मक रहेको बताए । उनले बुधबार पुनः बैठक बसेर सहमतिको प्रयास गर्ने जानकारी दिए ।

‘बैठकमा राम्रो कुरा भा’छ,’ गच्छदारले भने, ‘पर्सि फेरि बैठक बस्ने सहमति भयो ।’

संविधानका विवाद समाधानका लागि गठित चार दलीय कार्यदलमा सहमति नभएपछि शीर्षनेताहरुको बैठक बसेको हो ।
यसैवीच सत्ता साझेदार कांग्रेस-एमालेले प्रक्रियामा जान संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई आग्रह गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment