Comments Add Comment

सहमतिको सरकार नबनेसम्म संविधान आउँदैन : रायमाझी

१७ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले राष्ट्रिय सरकार नबनी माघ ८ गते संविधान आउन नसक्ने दाबी गरेका छन् ।

topbahadur-rayamajhiदलहरुबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्न आन्तरिक गृहकार्य भइरहेको उनले बताए ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार गरेको साक्षात्कारमा माओवादी नेता रायमाझीले राष्ट्रिय सरकार बने माघ ८ मा मस्यौदा ल्याएर केही समयपछि संविधान जारी गर्ने योजना सुनाए ।

उनले एमाले अध्यक्ष केपी ओली सहमतिमा आए माघ ८ मै संविधान जारी गर्न सकिने बताए ।

कांग्रेस सभासद अर्जुनप्रसाद जोसीले शीर्ष नेताले संविधानसभालाई बन्धक बनाउन नपाउने भन्दै संविधानसभा घेराउ गरेर भएपनि माघ ८ मा संविधान ल्याउने बताए । एमाओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार संविधान नबनाउने खेलमा लागेको आरोप समेत लगाए ।

एमाले सभासद राजन भट्टराईले माघ ८ मै संविधान जारी गराउन यूवाहरु सभासदहरु अनसन बस्न तयार रहेको बताए ।

कार्यक्रममा परिवार दलका अध्यक्ष एकनाथ ढकालले माघ ८ मा संविधान आउन नदिएर संविधानसभा विघठन गर्न एमाओवादी र मधेसवादी दलहरु लागिपरेको आरोप लगाए ।

संविधान संविधानसभाबाट जारी गर्न प्रचण्डलाई राष्ट्रपति र ओलीलाई प्रधानमन्त्री बनाउनु पर्ने उनको तर्क थियो । अहिलेको झगडा पदको भएको भन्दै उनले काग्रेस र एमालेलाई संघीयता र एमाओवादीलाई संविधानसभा घाडो भएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment