Comments Add Comment

माइपोखरीको पानी भौगर्भिक कारणले घटेको होइनः अध्ययनकर्ता

 १८ पुस, इलाम । रामसार सूचीमा सूचिकृत माईपोखरीको पानीको सतह घट्नुमा भौगर्भिक कारण नभएको एक अध्ययनले देखाएको छ ।

पोखरीमा पानीको सहत हृवात्तै घटेपछि पोखरी सुक्नुको कारण पत्तालगाउन भौगर्भिक अध्ययन गरिएको थियो । तीनमहिना लगाएर गरिएको अध्ययनबाट पोखरीको पानी सुक्ने गरी गम्भीर किसिमको चुहावट नभएको अध्ययनमा संलग्न नामसालिङ सामुदायिक विकास केन्द्रका सुवोध पौडेलले बताए ।

mai-pokhari
माईपोखरीको जलाधार क्षेत्र कम भएकाले भूमिगत पानीको सतह बढाउन अन्य स-साना पोखरी बनाउनुपर्ने अध्ययनकर्ताले बताएका छन् ।
कतिपय व्यक्तिले २०६८ असोज १ गते गएको भूकम्पको प्रभावले पानीको सतह घटेको अनुमान लगाइरहेको भएपनि अध्ययनले भूकम्पको प्रभावका कारण पानीको सतह नघटेको पुष्टि गरेको छ ।

अध्ययनकर्ताले माईपोखरीमा पानीको सतह घटबढ भएपनि पोखरी सुकेर नजाने बताए । पोखरीको जलाधार क्षेत्रबाट आउने पानी र वर्षातका बेला फुट्ने ‘मूल’ मात्रै पोखरीको स्थायी स्रोत छ ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकसहित विज्ञको टोलीले भौगर्भिक नक्साङ्कन, पोखरी आसपासको ढुङ्गामाटोको परीक्षण, पोखरी आसपासको विभिन्न आठ ठाउँबाट विद्युतीय तरङ्ग जमिनमुनि पठाएर अध्ययन गरेको थियो ।

पोखरी आसपासको जापानीज सल्ला र माछाको कारणले समेत पानी सुकेको भन्दै कतिपय निकायले त्यसलाई हटाउने कार्यक्रम बनाएका थिए ।

माईपोखरी संरक्षणका लागि जिविस, जिल्ला वन, मेची पहाडी पर्यटन विकास समितिले संयुक्त रूपमा संरक्षणको काम सुरू गरिने बताएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment