+
+

संविधानसभा भित्रै संविधान जलाउने एमाओवादीको चेतावनी

१८ पुस , भैरहवा । एमाओवादीसहित ३० राजनीतिक दल आबद्ध संयुक्त गठबन्धन संघर्ष समितिले संविधानसभाबाटै पहिचान र अधिकारलाई सुनिश्चित गर्ने संविधान जारी गर्न माग गर्दै शनिबारदेखि आन्दोलनमा उत्रिने घोषणा गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १८ गते १७:४३

सलमान खान

१८ पुस , भैरहवा । एमाओवादीसहित ३० राजनीतिक दल आबद्ध संयुक्त गठबन्धन संघर्ष समितिले संविधानसभाबाटै पहिचान र अधिकारलाई सुनिश्चित गर्ने संविधान जारी गर्न माग गर्दै शनिबारदेखि आन्दोलनमा उत्रिने घोषणा गरेको छ ।

संघर्ष समितिमा आबद्ध तमलोपा रुपन्देहीका जिल्ला अध्यक्ष अजय बर्माले शुक्रबार रुपन्देहीमा पत्रकार सम्मेलन गरी शनिबार जुलुस प्रदर्शन गरिने बताए । २८ पुसमा अवध मधेश प्रदेश बन्द गर्ने र ५ माघमा नेपाल बन्द गर्ने बर्माले जानकारी दिए ।

‘संविधानसभा भित्रै संविधान जल्छ’

एमाओवादी नेता वामदेव क्षेत्रीले पहिचान विनाको संघियता कुनै हालतमा मान्य नहुने बताए । उनले सहमतिविना माघ ८ गते संविधान जारी गरे संविधान सभा भित्रै जलाइने चेतावनी दिए । उनले प्रक्रियामा गएपनि माघ ८ गते कुनै हालतमा संविधान जारी नहुने ठोकुवा गरे ।

यस्तै तराई मधेश सदभावना पार्टीका रुपन्देही जिल्ला अध्यक्ष श्रीनिवास यादवले मुलुकलाई २०४७ साल तिर धकेल्न गंभिर षड्यन्त्र भइरहेको बताए । अन्तरिम संविधानको प्रस्तावना र धारा ६३ तथा १३८ (१ क) मा उल्लेखित मर्म र भावनाहरु माथि निर्मम प्रहार गर्दै मुलुकलाई महेन्द्रकालीन अञ्चल र विकास क्षेत्रको संरचनातिर फर्काउने षडयन्त्र भइरहेको बताए ।

उनले मुलुकलाई नेपाली कांग्रेस र नेकपा एमालेले समानुपातिक निर्वाचन प्रणाली इन्कार गर्दै राजनीतिमा पैसा, बहुबल र व्यक्तिवादलाई बढावा दिएको आरोप लगाए । न्यायप्रणालीलाई स्वच्छ, स्वतन्त्र र समावेशी बनाउन भन्दा यथास्थितिमा राख्ने र कार्यकर्ता भर्ति केन्द्र बनाउने काम भइरहेको यादवको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?