Comments Add Comment

दलहरु बैठक शनिबार पनि छलफलमै सिमित

१९ पुस, काठमाडौं । संविधानका विवादित विषयमा सहमति जुटाउन आज बसेको प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाको संयुक्त बैठकमा उल्लेख्य प्रगति हुन सकेन ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिनभरिजसो भएको द्विपक्षयि तथा संयुक्त बैठकमा प्रमुख विवादित विषयमा सहमतिनजिक पुगेको तर, उल्लेख गर्न लायक कुनै पनि ठोस प्रगति हुन नसकेको नेताहरुले प्रक्रिया दिएका छन् ।

सहमति नहुँदासम्म बैठकमा छलफल भएका विषयका बारेमा विवाद उत्पन्न हुने गरी कुनै पनि प्रतिक्रिया नदिने नेताहरुले बताएका छन् ।

बैठकपछि कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले छलफल सकारात्मक भए पनि कुनै ठोस प्रगति हुन नसकेको बताए । ‘दलहरुबीच विश्वासको वातावरण बन्दै गएकाले आगामी माघ ८ गतेभित्र संविधान जारी गर्ने प्रयत्न गरिएको छ’ उनले भनेका छन् ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलहरुले सहमति जुटाउन नसकेकाले संविधानको मस्यौदा गर्ने जिम्मा आफूलाई दिन आग्रह गर्नुभएपछि जसरी भए पनि सहमति जुटाउनुपर्ने दबाबमा परेका दलहरुले सोमबारसम्म एउटा न एउटा निष्कर्षमा पुग्नै पर्ने बाध्यतामा छन् ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले छलफलले नयाँ आशा पलाएको बताए ।

आइतबार पुनः दुईपक्षीय, त्रिपक्षीय र चारपक्षीय बैठक बस्ने र एउटा निष्कर्षमा पुगिने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment