+
+

सिटिइभिटी विरुद्ध विद्यार्थी सडकमा

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २० गते १०:००

२० पुस, सुनसरी । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) बिरुद्ध इटहरीका विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन् । सिटिइभिटी मातहतका शैक्षिक संस्थाहरुमा परीक्षा शुल्क बृद्धि गरेको विरोधमा विद्यार्थीहरुले  प्रदर्शन गरेका हुन् ।

STUDENTS-OF-ITAHARI

  • प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु

आवेदन फाराम वापत लिँदै आएको शुल्क २ सयबाट ४ सय रुपैयाँ बनाएको, कुनै शैक्षिक संस्थाहरुसंग समन्वय नै नगरी एकलौटी निर्णय गरेको भन्दै इटहरीस्थित सुष्मा इञ्जिनीयरिङ कलेजका विद्यार्थिहरुले इटहरीको मुख्य चोकमा चर्को नारावाजी गरे ।

उनीहरुले परीक्षा फारम शुल्क तत्काल घटाइनु पर्नेलगायत माग राखेका छन् ।

विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि कलेज परिसरमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

-तेज बन विश्वासीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?