Comments Add Comment

पर्यटन बोर्डको रिक्त पद पुर्ती गर्न जेटीसीसीको माग

२० पुस, काठमाडौं । संयुक्त पर्यटन समन्वय समिति (जेटीसीसी)ले नेपाल पर्यटन बोर्डमा रिक्त रहेका सदस्य पदमा नयाँ सदस्य नियुक्त गर्न माग गरेको छ ।

पर्यटनसँग सम्बन्धित संघ-संस्थाहरुको तर्फबाट संस्थागत सिफारिसका अधारमा मात्र नयाँ सदस्य नियुक्त गर्नुपर्ने जेटीसीसीको माग छ । जेटीसीसीको आइतबार बसेको बैठकले विगतमा व्यक्तिगत सम्बन्ध तथा राजनीतिक पहुँचका आधारमा सदस्य नियुक्ती गर्दा बोर्ड नाजुक अवस्थामा पुगेको ठहर गरेको छ ।

पहुँचका आधारमा नियुक्ती गरिँदा बोर्ड चरम भ्रष्टाचारमा डुबेका कारण पर्यटन प्रवर्द्धन तथा विकास कार्यमा ह्रास आएको जेटीसीसीले बताएको छ । आगामी दिनमा पूनः यस्तो क्रियाकलाप दोहोरिएमा सरकार तथा पर्यटन बोर्डसँग निजी क्षेत्रको कुनै पनि सहकार्य नरहने चेतावनी जेटीसीसीको छ ।

४० भन्दा बढी संघ-संस्था मिलेर बनेको जेटीसीसीको बैठकले यस्तो प्रस्ताव पारित गरेको बताइएको छ । साथै, नयाँ बोर्ड सदस्यहरु छनोट तथा सिफारीश समितिमा निजी क्षेत्रबाट रहने दुई सदस्यहरु चयन जेटीसीसीको सिफारिसमा हुनुपर्ने माग बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment