Comments Add Comment

सानिमा बैंकले ल्यायो नयाँ बचत खाता

sanima२१ पुस काठमाडौं । सानिमा बैंकले आˆनो दशौं बाषिर्क उत्सबको अवसरमा उच्च ब्याज सहितको सानिमा समृद्ध बचत खाता शुरु गरेको छ । यस बचत खातामा ५.५ प्रतिशत वाषिर्क ब्याज दिने बैंकले जनाएको छ ।

पचास हजार न्युनतम मौज्दात आवश्यक रहेको उक्त खातामा निःशुल्क इ-बैंकिङ्ग , मोबाइल बैंकिङ्ग, एबीबीएस, खाता विवरण, टेलिफोन बिल भुक्तानी र लकरमा तथा भिसा डेविट कार्डमा ५० प्रतिशत छुट रहेको बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

असिमित रकम राख्न तथा झिक्न सकिने उक्त खाताको साथ सानिमा बैंकले ३६५ दिने बैंकिङ्ग सेवा उपलब्ध गराउादै आएको छ । २०७१ असार मसान्तसम्ममा बैंकको पुाजी कोष १२.५४ प्रतिशत रहेको छ ।

यो बैंक सबैभन्दा कम खराब कर्जा रहेको बैंक हो । कूल कर्जाको ०.०१ प्रतिशत मात्रै खराब कर्जा छ । बैंकले प्रबाह गरेको कर्जामध्ये ४.५७ प्रतिशत घरजग्गा क्षेत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment