Comments Add Comment

नीता ढुंगानालाई प्रेमपत्र लेख्दै आत्महत्या !

Nita Dhungana-1
कुनै केटीले प्रेम प्रस्ताव स्वीकार नगर्दा केटाले आत्महत्या गरेका घटना फिल्म र उपन्यासमा धेरै भेटिन्छन् । तर, वास्तविक जीवनमा निकै कम केटा यति कायर भएर जीवन समाप्त पार्ने खेलमा सामेल भएका होलान् ।

यस्तै घटना भयो अहिलेकी चल्तीकी नायिका नीता ढुंगानाको जीवनमा पनि । जसले अहिले पनि उनलाई झस्काइरहन्छ ।

करिव एक दशकअघि भएको यस्तै दुःखलाग्दा घटना ढुंगानाले अनलाइनखबरसँग खुलासा गरेकी छिन् ।

Nita Dhunganaआफू ‘स्वीट सिक्सटिन’मा रहेका बेला चितवनका एक युवकले आफ्नो नाममा जीवन समाप्त पारेको सम्झिंदा अहिले पनि उनलाई ग्लानी लाग्छ ।

तपाइले कहिल्यै नभुल्ने प्रेमपत्र कुन थियो ? अनलाइनखबरसँग अन्तरङ्ग सम्बादका क्रममा नीतालाई यो प्रश्न सोधेपछि उनी निकैबेर भावुक बनिन् र लामो श्वास तानिन् ।

उनले विगतको कुरा संझदै भनिन्-‘मलाई चितवनका एक जना युवकले खुबै मन पराउनु हुन्थ्यो । तर, मैले उहाँको कुरा बुझ्न सकिन, त्यही भूल भयो ।’

नीताले अनलाइनखबरलाई बताएअनुसार ती युवकले उनलाई मन पराए पनि नीताले उनलाई केवल असल साथीका रुपमा मात्र लिएकी थिइन् । तर, एक दिन उनले नीतालाई प्रेम प्रस्ताव राखे, जसलाई उनले स्वीकार गरिनन् ।

‘उहाँलाई नजिकको साथी सोच्नु नै मेरो गल्ती भयो । उहाँले मलाई मन पराउनु हुँदोरहेछ, तर, मलाई थाहा भएन ।’

नीताले प्रेम अस्विकार गरेपछि ती युवकले आत्महत्या गरेका थिए । आत्महत्या गर्नुअघि उनले नीतालाई प्रेमपत्र लेख्दै प्रेम प्रस्ताव अस्वीकार गरेकामा निकै चित्त दुखाएका थिए ।

नीताकै नाममा ती युवकले यो संसारबाट बिदा लिए ।

निकै बर्ष पुरानो यो घटना सम्झिंदा नीता आज पनि दुःखी छिन् । आफ्ना कारण कसैले ज्यानै फालेको घटनाले उनलाई झस्काइरहन्छ ।

हालै अमेश भण्डारीसँगको प्रेम सम्बन्धलाई सार्वजनिक गरेकी नीता आफूलाई नपाएर आत्महत्या गर्ने युवकको अन्तिम प्रेमपत्र संगालेर राखेको बताइन् ।

नीता ढुंगानासँगको अन्तरङ्ग सम्बाद बुधबार अनलाइनखबरमा प्रकाशन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment