Comments Add Comment

पहिलो दिन वार्नरको शतक, ६३ मा ‘ह्यूज’लाई किस

David-Warner-kissed-the-turf

२२ पुस, काठमाडौं ।  डेभिड वार्नरको शतकको मदतमा अष्ट्रेलियाले भारतविरुद्धको चौथो तथा अन्तिम टेष्टको पहिलो दिन ३४८ रन बनाएको छ ।

सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको अष्ट्रेलियाले वार्नरको शतकको मदतमा २ विकेट गुमाएर ३४८ रन बनाएको हो ।
स्टिभ स्मिथ ८२ र शेन वाट्सन ६१ रनमा क्रिजमा छन् ।

वार्नर १०१ रनमा आउट भए । यसअघि ६३ रन बनाउँदा उनले फिलिप ह्यूजको सम्झनामा मैदानमा किस गरेका थिए ।

यो त्यही मैदानमा जहाँ बलले लागेर अष्ट्रेलियाली व्याट्सम्यान फिलिप हृयूज ढलेका थिए । हृयूजको उपचारका क्रममा निधन भएको थियो ।

३६ औं टेष्ट खेलिरहेका वार्नरको यो १२ औं शतक हो । उनले १६ चौकाको मदतमा १०८ बलमा शतक बनाएका थिए ।

क्रिस रोजर्ससँग २०० रनको ओपनिङ साझेदारी गरेका वार्नरलाई आर अश्विनको बलमा मुरली विजयले क्याच गरेका थिए ।

क्रिस रोजर्स ९५ रनमा आउट भए । १६० बलको सामना गरेका उनले १३ चौका हाने । वार्नर आउट भएपछि अष्ट्रेलियाले थप चार रन जोड्दा मोहम्मह सामीले रोजर्सलाई क्लीन बोल्ड गरेका थिए ।

तेस्रो टेष्ट ड्र भएपछि चार टेष्ट म्याचको श्रृखला घरेलु टोली अष्ट्रेलियाले यसअघि नै २-० ले आफ्नो पक्षमा पारिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment