Comments Add Comment

हेलम्बुमा बन्नेभो विश्वकै अग्लो बुद्धमूर्ति

२३ पुस, सिन्धुपाल्चोक । संसारकै अग्लो महादेव मूर्ति नेपालमा भएजस्तै अब विश्वकै अग्लो बुद्ध मूर्ति पनि नेपालमै स्थापना हुने भएको छ । पर्यटकीय नगरी हेलम्वूलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गर्न संसारकै अग्लो बुद्ध मूर्ति स्थापना गरेर यो अभियान सुरु गर्न लागिएको हो ।

NORBULING BUDDHA CENTER SINDHUPALCHOK

  • संसारको अग्लो बुद्धमूर्तिको शिलान्यास कार्यक्रम

सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ का सभासद तथा एमाले नेता शेरबहादुर तामाङले संसारको अग्लो बुद्धमूर्तिको शिलान्यास गरेका हुन् ।

बुद्धमूर्ति शिलान्यासपछि यस क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा विकास गर्दै बुद्धभूमि निर्माण गर्ने अभियान शुरु भएको सभासद तामाङले बताए ।

लागत पाँच करोड

सो मूर्ति निर्माण गर्न साढे पाँच करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । चार बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।

१०८ फिट अग्लो बुद्धको मूर्ति स्थापना गर्न चार चरणको योजना तयार गरिएको छ । सिन्धुपाल्चोकको किउल ९ मा स्थापनको लागि यहाँ रहेको नोर्वुलिङ बुद्ध केन्द्र किउलले गुरुयोजना तयार गरेको हो ।

हेलम्वू क्षेत्र बुद्ध भूमि भएका कारण यसलाई बौद्धमार्गीहरुको पवित्र तिर्थस्थलका रुपमा बिकास गर्न संसारकै सबैभन्दा ठूलो बुद्ध मूर्ति स्थापना गर्न लागिएको सभासद तामाङले बताए ।

यसका लागि सडक र पर्यटन विकासको गुरु योजना पनि तयार भएको छ । सडक सुधारका लागि सरकारी निकायबाट बजेटको ब्यवस्थासमेत भईसकेका कारण धार्मिक पर्यटनका रुपमा यस क्षेत्रले छिट्टै विकास पाउने स्थानीयको बिश्वास छ ।

पबित्र भूमि हेलम्वू क्षेत्रमा बौद्धमार्गी हृयोल्मो जातीको बसोवास छ । यस क्षेत्रमा काटमार समेत नगर्ने उनीहरु विश्वशान्तिको कामनासहित अघि बढेको बताउँछन् ।

भिन्न भेषभुषा भिन्न रहनसहनमा बस्ने उनीहरु अतिथि सत्कारमा बढी खुशी हुन्छन् । गाम्रीण पर्यटन र पैदल मार्गका लागि गतिलो गन्तब्य रहेको यो क्षेत्रमा उत्पादित अन्नको निश्चित प्रतिशतसमेत बुद्धका नाममा खर्च गर्ने परम्परा रहेको छ ।

यो बुद्ध मूर्ति स्थापना गर्न स्थानीयबासीले व्यक्तिगत रुपमा रकम संकलन गरेका छन् । साथै अन्य दातृ निकायलाई पनि सहयोगका लागि अनुरोध गरिएको निर्माण समितिका अध्यक्ष फुर्वा ह्योल्मोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment