Comments Add Comment

तेत्तिस वर्षमै सन्देश बने न्याय सेवाको सहसचिव

४ चैत,काठमाडौं । सरकारी जागिरमा प्रवेश गरेको दश वर्ष नपुग्दै सहसचिव बन्न सफल न्याय सेवाका एक कर्मचारी कम उमेरमा प्रथम श्रेणीको सरकारी अधिकारी बन्न पुगेका छन् ।

३३ वर्षीय सन्देश श्रेष्ठ लोकसेवा आयोगको प्रतिस्पर्धाबाट सहसचिव बनेका हुन् । आयोगले न्याय सेवा, सरकारी वकिल समूहको सहसचिव पदमा श्रेष्ठलाई सोमबार सिफारिस गरेको सूचना निकालेको छ ।

आयोगले लिएको सहसचिवको परीक्षामा खुलाबाट दिनेशप्रसाद घिमिरे र आदिवासी जनजाति कोटाबाट सन्देशले नाम निकालेका हुन् । सर्वोच्च अदालतको संवैधानिक इजलसालमा उपसचिवको रुपमा कार्यरत श्रेष्ठ न्याय सेवातर्फ सम्भवतः सबैभन्दा कम उमेरमा सहसचिव हुने भाग्यमानी बनेका छन् ।

चितवन भरतपुरका स्थायी बासिन्दा श्रेष्ठले २०६६ साल माघ २४ मा लोकसेवाको खुला प्रतिस्पर्धाबाट अधिकृतमा नाम निकालेका थिए । उनी अधिकृतबाट उपसचिव पनि खुला प्रतिस्पर्धाबाटै भएका थिए ।

उपसचिव भएको अढाई वर्षमै उनले सहसचिवमा नाम निकालेका हुन् । यसअघि न्याय सेवामा टेकप्रसाद ढुंगाना ३५ वर्ष नपुग्दै सहसचिव भएका थिए भने नहकुल सुवेदी ३६ वर्षमा सहसचिव भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment