+

एचजेबीएल : कीर्तिपुरको लगातार दोस्रो जित

२०८२ वैशाख  २५ गते ०:३२ २०८२ वैशाख २५ गते ०:३२
एचजेबीएल : कीर्तिपुरको लगातार दोस्रो जित

२४ बैशाख, काठमाडौं । कीर्तिपुर बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा लगातार दोस्रो जित हात पारेको छ ।

कीर्तिपुर कभर्डहलमा बुधबार भएको खेलमा कीर्तिपुरले सामाखुशी युथ क्लबलाई ६७-५८ ले पराजित गरेको हो ।

सामाखुशीमाथि कीर्तिपुरको लगातार जित हो । कीर्तिपुरले लिगको उद्घाटन खेलमा पनि सामाखुशीलाई नै पराजित गरेको हो ।

कीर्तिपुरले सुरुवातदेखि नै खेलमा अग्रता लिएको थियो । कीर्तिपुरले पहिलो क्वाटरमा १८-१३ को अग्रता लिएको थियो । दोस्रो क्वाटर १३-६ ले आफ्नो पक्षमा पार्दै हाफटाइममा कीर्तिपुरले ३१-१९ को अग्रता बनायो ।

तेस्रो क्वाटरमा सामाखुशीले पुनरागमन गर्दै २२-११ ले आफ्नो पक्षमा पारेको थियो ।

तर चौथो क्वाटर कीर्तिपुरले २५-१७ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।

कीर्तिपुरको जितमा निश्चल महर्जनले सर्वाधिक १९ अंक स्कोर गरे । उनी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।

यस्तै सामाखुशीका लागि कर्मा गुरुङले पनि १९ अंक स्कोर गरे ।

एचजेबीएल कीर्तिपुर बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय