काठमाडौं । भारतीय अटो निर्माता कम्पनी टाटा मोटर्सको ‘जेष्ट’ कारले अक्टुबर र नोभेम्बर महिनामा बिक्रीमा होन्डा अमेजलाई जितेको छ । भारतीय बजारमा सार्वजनिक भएदेखि नै टाटा जेष्टले उपभोक्ताको मन जित्न सफल भएको छ ।
कम्पनीका अनुसार टाटा जेष्ट कार होन्डा अमेजभन्दा अक्टुबर महिनामा ४२ युनिट र नेभेम्बरमा ५ सय २५ युनिट बढी बिक्री भएको छ ।
जेष्टले नोभेम्बर महिनामा दोस्रो सर्वाधिक बिक्री हुने सब-कम्प्याक्ट सेडना हुन्डाई एक्सेन्टससँगको दुरीलाई पनि कम गरेको दाबी कम्पनीको छ । हुन्डाई एक्सेन्ट मात्र ६४ युनिटले जेष्टभन्दा अगाडि छ ।
टाटा मोटर्सले सो अवधिमा ३ हजार ८ सय ३५ युनिट जेष्ट बिक्री गर्न सफल भयो । जुन ९ प्रतिशतले वृद्धि हो । होण्डाको इन्ट्री लेभल सेडान अमेजको भने ५ ले बिक्री घटेको छ ।
होण्डा अमेेज सो अवधिमा ३ हजार ३ सय १० युनिट बिक्री भएको टाटा मोटर्सले जनाएको छ । टाटाका अनुसार हुन्डाईले ३ हजार ८ सय ९९ युनिट कार बिक्री गर्न सफल भएता पनि नोभेम्बरमा यसको बिक्री १६ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया 4