+
+

आफ्नै विद्यार्थी माथि दुर्व्यवहार गर्ने तीन शिक्षक निलम्बन 

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २५ गते ८:४३

२५ पुस, नवलपरासी ।  एसएलसी दिने तयारीमा बसेका आफ्नै दुई छात्राहरुमाथि यौन दुव्र्यवहार गर्ने तीन जना शिक्षक निलम्बनमा परेका छन् । नवलपरासीको देवचुली उच्च माविमा एसएलसीको तयारीमा होस्टेल बसेका छात्राहरुमाथि दुव्र्यवहार गरेको भन्दै विद्यालय प्रशासनले स्थानीयको दबाबमा उनीहरुलाई निलम्बन गरेको हो ।

विद्यालयका शिक्षक बसन्त खोरासैनी, गोपी पौडेल र हेमन्त थापालाई विद्यालय प्रशासनले निलम्बन गरेको छ ।

आफैले पढाउने छात्रा माथि ती शिक्षकहरुले अनौतिक दुरब्यबाहार गरेको भन्दै रजहरको देबचुली उच्च मा बि मा विहीबार विद्यार्थीहरुले तोड फोड समेत गरेका थिए । विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको कक्षाका सहपाठी छात्रहरुले देखेपछि विहीबार दिनभर जसो विद्यालयमा तनाब भएको थियो ।

यसै बिषयलाई लिएर बिबाद उत्पन्न भएपछि बिद्यालयमा संचालन भईरहेको विहीबारको परिक्षा समेत स्थगित भएको विद्यार्थीहरुले बताएका छन् ।

विद्यालय प्रशासनले तीन शिक्षकलाई निलम्बन गरेको भए पनि देवचुली उच्चमाविका प्रधानाध्यापक देवराज पौडेलले भने आफूहरु अनुसन्धानकै क्रममा रहेको भन्दै कुनै प्रतिक्रिया दिन चाहेनन् । दुब्र्यबहार गर्ने शिक्षक घोरासैनी र पौडेल भने सम्पर्क बाहिर रहेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बरुवालले बताए ।

रामकुमार श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?