Comments Add Comment

म एकदमै पिन्ची छु, असाधारण होइन

नायिका केकी अधिकारी उमेरले कलिलै भए पनि जीवनलाई हेर्ने दृष्टिकोणका सवालमा निकै परिपक्व र गम्भीर देखिएकी छिन् । अनलाइनखबरसँगको ‘कफी गफ’ का क्रममा उनले आफूलाई ‘म्याचुअर्ड’ कलाकारका रुपमा प्रस्तुत गरिन् ।

आधासरो अंग्रेजी मिसाएर जवाफ दिएकी केकीले एमबीबीएसको पढाइ छाडेर कलाकारितामा आएकोमा पश्चाताप लाग्न छाडेको बताइन् । जीवनप्रति अशाध्यै आशावादी रहे पनि तत्कालै विवाह बन्धनमा बाँधिने विषयमा भने केकी अलि ‘रिजिड’ देखिइन् ।

अनलाइनखबरका लागि राजकुमार श्रेष्ठसँगको अन्तरंग कुराकानीमा :

keki-adhikari

आजभोलि के मा व्यस्त हुनुहुन्छ ?

-हालै मात्र हाउ फन्नीको सुटिङ सकिएर थेसिसलाई समय दिँदैछु ।

कत्तिको गाह्रो हुँदा रहेछ पढाइ र फिल्म करियरलाई एकसाथ लैजान ?

– टाइम म्यानेजमेन्ट एकदमै गाह्रो हुँदोरहेछ । मैले सजिलो हुन्छ भनेँ भने त्यो एकदमै फिलोसफिकल हुन सक्छ । किनभने दुबै यस्तोखालको विषय पर्‍यो कि एकदमै धेरै समय दिनुपर्ने । त्यसकारणले समय व्यवस्थापन गर्न मलाई पनि एकदमै गाह्रो भएको छ ।

दुईवटा नाउमा खुट्टा राखेर हिँड्यो भने लडिन्छ भनिन्छ, एउटालाई मात्र किन रोज्नुभएन ?

– मैले पनि सुनेको र धेरैले भनेको हो, दुबैलाई एकसाथ लिएर जान गाह्रो हुन्छ । तर, यदि हामीले टाइम म्यानेज गर्ने हो भने धेरै गाह्रो हुँदैनजस्तो लाग्छ ।

जस्तो, मैले साथीहरुलाई के देख्छु भने आजको असाइमेन्ट भोलिलाई साँच्ने गरिन्छ । किनभने भोलि पनि टाइम छ । तर, मेरा लागि कस्तो हुन्थ्यो भने आजको काम आज गरिएन भने भोलि पनि सुट हुन सक्छ । त्यसैले ‘आइ हृयाभ टु फिनिस्ट राइट नाउ’ भनेको जस्तो हुन्थ्यो । त्यसैले मैले टाइम म्यानेज गरिरहेको हुन्थेँ ।

तपाईको पढाइ फिल्म इन्डस्ट्रीसम्बन्धी होइनजस्तो लाग्छ, किन फिल्म इन्डस्ट्रीमा आउनुभयो ?

एकजना फ्यान आउनुभयो र मोबाइलमा मेरो तस्वीरहरु देखाएर यो मान्छे तपाई नै हो ? भनेर सोध्नुभयो । मैले हजुर म नै हुँ भनेपछि छि… आजदेखि सबै फोटो डिलिट गर्छु भन्नुभो

फिल्म इन्ड्रस्टी र मिडिया भनेको मेरो प्यासन हो । सुरुमा त मलाई पनि थाहा थिएन कि मैले यो कामबाट एकदमै खुसी पाउँछु भनेर । म आफूलाई भाग्यमानी ठान्छु कि मेरो करियरको स्टार्टमा नै म के चिजमा खुसी हुँदोरहेछु भन्ने थाहा पाएँ । द्याट वाज माई वर्क ।

मैले आफूलाई सबैभन्दा खुसी एक्टिङ गरिरहेको समयमा एक्सनदेखि कटको बीचमा नै पाइरहेको हुन्छु । मेरो लाइफ अलमोस्ट अर्कै भइरहेको हुन्छ । त्यो लाइफको इन्जोइ गरिरहेको छु । त्यो चिजलाई मैले कन्टिन्यू दिनुपर्दा म खुसीलाई निरन्तरता दिनसक्छु जस्तो भयो ।

सजिलो पक्कै थिएन । फिल्ममा मेरो बाबाले पनि एकदमै धेरै स्ट्रगल गर्नुभएको छ । यो प्रति माया श्रद्धा मैले सानैदेखि देखेको छु । त्यो चिजपछि मलाई छुट्टै अर्थ राख्छ ।

अब म हिरोइन बन्छु भन्नेचाहिँ कुन समयमा लाग्यो ?

keki Adhakari– एक त लाग्दै लाग्दैन थियो । किनभने सानो हाइट नभएको मान्छे हेर्दाखेरि पनि होइन नै भइहाल्ने । एक किसिमको मेरो फेस पनि छैन र थिएन पनि । तर, यस्तो हुँदोरहेछ, क्यामेरा र बाहिरको आँखा फरक छ । क्यामेराले कहिलेकाँही त्यही चिज सुन्दर वा नायिका बनाउन सक्दोरहेछ, जुन नाङ्गो आँखाले देखिँदैन । त्यही चिज सायद प्रशन्न पौडेल सरले देख्नुभयो ।

मैले घिन्ताङ भन्ने डान्स रियालिटी शोमा देख्नुभएको थियो । त्यसबेला मिङ्मा शेर्पाको भिडियो बनाउने क्रममा हुनुहुँदोरहेछ, उहाँले प्रस्ताव राख्नुभयो पहिलो भिडियोका लागि ।

भिडियोको प्रस्ताव सुनेर मलाई एकदमै हाँस उठेको थियो, मलाई जिस्केको होला भन्ने पनि लाग्यो । किनभने म राम्रो, हाइट नभएको मान्छे । मैले सुनेअनुसार एकमद गोरी चिट्ट हुनुपर्छ, तर, त्यो कुनै पनि मसँग मेल नै खाँदैन थियो । हा.. हा.. तर हुँदोरहेछ ।

हिरोइन भएपछि दर्शकले प्रत्यक्ष भेट्दा के भन्छन् । उनीहरुले भिन्न महसुस् गरेका अनुभव छ ?

– छ । म काठमाडौं महलमा महसुसको सुटिङमा थिएँ, मेरो ड्रेसअप पनि त्यस्तै थियो । एकजना फ्यान आउनुभयो र आफ्नो मोबाइलमा भएका मेरो तस्वीरहरु देखाउनुभयो । यो मान्छे तपाई नै हो ? भनेर सोध्नुभयो । मैले हजुर म नै हुँ भनेपछि छि… आजदेखि सबै फोटो डिलिट गर्छु । तपाई यस्तो पो हुनुहुँदोहरेछ भनेर जानुभयो ।
यसले मलाई सुरुमा चित्त दुखाउँथ्यो, तर अहिले मैले यसलाई एक्पेस्ट गरेको छु । म अरु भन्दा फरक छु भन्ने लाग्छ ।

भनेपछि अहिले एकदम सन्तुष्ट हुनुहुन्छ ?

– म त मेरोतर्फबाट सन्तुष्ट छु । मैले मेरो अडियन्सलाई सन्तुष्ट गर्न सकेँ कि सकिन भन्ने मुख्य हो ।

फिल्म करियर सुरु गरेपछि सबैभन्दा बढी कहिले खुसी हुनुभो ?

– जुन दिन मलाई नीर शाह सरले फोन गरेर तिमीले मेरो मसान फिल्म खेल्दैछौ भनेर भन्नुभयो । मलाई त्यो क्षण अहिले पनि याद छ, म एकदम ब्ल्यांक भएँ, जुन फिल्ममा हुन्छ, मैले रियल लाइफमा फिल गरेँ ।

कतै मबाट त्यो चिज खोसिन्छ कि ? भोलि नै सुटिङ भइदिए हुन्थ्यो भनेर मलाई त्यति धेरै अत्यास कहिल्यै लागेको थिएन । म होमवर्क गरेर काम गर्थेँ, तर मसानमा एकदमै हतार गरेँ ।

कारण ?

मैले मेन्टल्ली च्यालेन्ज भएको रोल गर्न मन छ । अर्पन थापासँग काम गर्न मन छ । अर्को जीवन लुइटेलसँग जोडी कस्तो होला भन्ने छ

– त्यो नाटक मैले पढिसकेकी थिएँ । म सानो छँदा त्यसको कथा बाबाले सुनाउनुभएको मेरो माइन्डमा सेट नै थियो ।

फिल्ममा राजबल्लभ कोइरालाले गरेको बाजेको मुख्य भूमिकामा बाबा आफैंले पहिल्यै नाटक खेलिसक्नुभएको थियो । त्यसबेला मलाई स्टोरी सुनाउनुभएको थियो । जब नीर शाह सरले फिल्म बनाउने कुरा गर्नुभो र मलाई हेलेनको रोल दिने भनेर कल गर्नुभयो । मेरा लागि करियरको सुरुमा त्यो ठूलो प्रोजेक्ट थियो, डि्रम प्रोजेक्ट ।

अहिले फर्किएर हेर्दा त्यो ड्रिम प्रोजेक्टमा कत्तिको सफल भएँ भन्ने लाग्छ ?

– अहिले पाएको भए अझ राम्रो गर्न सक्थेँ भन्ने छ । किनकि एक्टिङमा अनुभवले मान्छेमा परिपक्वता ल्याउँछ । जति काम गर्दै गयो त्यति नै बुझ्न बाँकी रहेछ भन्ने थाहा भयो । त्योबेला मैले नबुझेको कत्ति चिजहरु अहिले बुझेको छु । तर, नीर शाह सरको कुरा गर्ने हो भने त्यो फिल्ममा हाम्रो इम्याचुरिटी नै हाम्रो डिमाण्ड थियो ।

ख्यालठट्टा कत्तिको गर्न रुचाउनुहुन्छ ?

– एकदमै खुसी हुन चाहने, हराइराख्ने । मैले भर्खर हाउ फन्नी सिध्याएँ । यो अनुहारले यत्ति धेरै हृयुमर बोकेको छ भनेर कहिल्यै भएन भन्नुभएको थियो ।

अनि कत्तिको रुनुभएको छ ?

– म एकदमै पिन्ची छु । सानो कुराले पनि चित्त दुख्छ । म आफैंलाई पनि अचम्म लाग्छ किन यति छिटो आँसु र्झछ ? नझर्नुपर्ने कुरामा पनि आँसु झर्छ । ठूलो घटना घट्नुपर्छ भन्ने छैन । हुन्छ नि, आमालाई घुर्की देखाउने कुरामा पनि । रीस देखाउन पनि ।

भनेको, अहिले पनि आमालाई घुक्र्याउन छाड्नुभएको छैन ?

– एकदमै ।

keki adakari (4)आफैंले हेर्दा केकीका कमजोरी ?

– धेरै छन् । काम गर्दै जाँदा ममा धेरै जान्न बाँकी रहेछ भनेको जस्तै जति आफूमा उमेर र अनुभवले परिपक्वता आउँदै जान्छ, आफ्ना कमजोरीहरु ठूलो ठूलो स्वरले नै कराउन थालेका छन् । मान्छेलाई बुझ्नमा हुने गल्तीहरु । चित्त दुखाइको कुरा ….

आफूलाई पश्चाताप लाग्ने क्षण ?

– धेरै छन् । एउटा विन्दुमा पुगेर एमबीबीएस किन छाडेँ भन्ने प्रश्न आइरहृयो । अहिले त्यति आउँदैन । त्यसबेला मैले ठूलो निर्णय लिएकी थिएँ । चित्त पनि दुखाएँ होला बाबाको र अरुको पनि । तर, पनि अहिले मैले जे पाएकी छु, बाबाहरु एकदमै खुसी हुनुहुन्छ ।

तर पनि एउटा रिग्रेट लाइफमा भइराख्दो रहेछ ।

झुट कत्तिको बोल्नुहुन्छ ?

– सक्दो कोशिस गर्छु कि नबोलौं । तर, अहिले प्रविधिले मान्छेलाई एकदमै झुटो बनाएको छ । त्यसैले हरेक दिन बिहान उठ्दा कोशिस हुन्छ कि आज कम झुट बोल्छु । तर, पनि हृयुमन नेचर, वातावरण …. एकजनाको प्रयासले मात्र नहुँदो रहेछ ।

के गर्दा रीस उठ्छ ?

-आफ्नो काम इमान्दारितापूर्वक नगर्ने मान्छेहरु देख्दा एकदमै रीस उठ्छ । त्यस्तो व्यक्तिलाई टोलरेट नै गर्न सक्दिँन ।

भिडियो र फिल्ममा धेरै खालका भूमिका निभाइसक्नुभयो, त्यसले कहिलेकाँही रियल लाइफमा सताउँदैन ?

– एकदमै कम । कन्सस माइन्डमा एक्सन र कटको बीचमा म आफूलाई पर्फम गर्दैछु भन्ने थाहा हुन्छ । मानिसहरु सबै बिर्सिएर त्यो करेन्टरमा बाँच्नुपर्छ भन्छन् । तर, त्यसका लागि झन ठूलो अभिनय गर्नुपर्छ । त्यो भएर पनि मेरो माइन्ड एकदमै कन्सस हुन्छ ।

आफूलाई सबैभन्दा राम्रो लागेको आफ्नो अभिनय ?

– एउटा मसान । किनभने त्यसमा मेरो इमोसनल पक्ष पनि छ । सायद मैले लाइफमा फेरि गर्न पाउनुहन्छ होला । व्यवसायिक रुपमा त्यसले के कस्तो गर्नुपर्ने थियो, त्यो आफ्नो ठाउँमा छ । तर, नीर शाह सरले मलाई विश्वास गर्नु, मैले त्यो भूमिका निभाउन सक्नु र प्रशंसा पाउनु ।

अर्को महसुसको नाम लिन चाहन्छु । त्यसमा मैले गौरीको भूमिका निभाएकी थिएँ । त्यसबाट मैले विभिन्न अवार्ड पाएँ भने दर्शकहरुले पनि माया गर्नुभयो । मेरो मनको एकदमै नजिक छ गौरी ।

कुनै यस्तो भूमिका, जसमा अभिनय गर्न पाए हुन्थ्यो भन्ने छ ?

– एकदमै छ । मैले हरेकचोटि फिल्महरु हेर्दा यस्तोखालको भूमिका गर्न पाएको छैन भन्ने हुन्छ ।

मेन्टल्ली च्यालेन्ज भएको रोल गर्न पाएको छैन । मानसिक समस्या भएको क्यारेक्टरमा च्यालेन्ज हुन्छ । नर्मल क्यारेक्टरमा त्यति साह्रो इन्पुट दिनुपरेको हुँदैन । अर्को भनेको कसैको लाइफमा आधारित फिल्म छ भने, त्यो व्यक्तिको हरेक भूमिकामा ढल्नुपर्छ ।

भिडियोमा भने तपाईले संख्यामा मात्र बढी जोड दिनुभयो भन्ने आरोप पनि छ नि ?

– हुन त सबै राम्रो गरौं भन्ने नै हुन्छ । हृया .. यो एउटा भिडियो चाहिँ हावामा गरौं भन्ने सोच आउँदैन । हुन्छ के भने राम्रो चिज गर्न भनेर टेबलमा राम्रो टक भएको हुन्छ । तर, स्पटमा भएर विपरीत ढंगले प्रस्तुत हुन्छ । को-एक्टरहरु, एक्टिङ गर्न भन्दा पनि देखिनका लागि पैसा खर्च गरेर आउनेसँग काम गर्दा मैले आफूले १०० प्रतिशत नै दिएको भए पनि म उल्टो कार्टुन भएको महसुस गरेकी छु ।

त्यसले आफैंलाई हाँस उठ्छ, लाज लाग्छ र अहिले नै टीभी बन्द गरौं, लोडसेडिङ होस् भन्नेजस्तो लाग्छ । हा … हा …हा …

ड्रेसअपमा पनि केयर गर्नु हुन्न रे ?

– एक्ज्याक्टली । म स्टाइलमा जीरो नै हो भन्न कहिल्यै पनि लजाउँदिन । कलाकार भएपछि ड्रेसअपमा पनि ध्यान दिनुपर्छ, प्रिजेन्टेवल हुनुपर्छ भन्छन् । तर, मलाई यो दुईवटा छुट्टै विधा हो जस्तो लाग्छ ।

एउटै छ भने त मल्टिट्यालेन्ट भयो, जुन ममा छैन । म खालि पर्फमेन्समा ध्यान दिन्छु । तर, कपालमा यो लगाउनुपर्छ, रातो कपडामा यो सुहाउँछ भनेर मेरो सेन्समा छैन ।

तर, आम मानिसहरुले यो सुहाउँछ कि सुहाउँदैन भनेर हेर्छन् । कलाकारले त हेरिहाल्छन् नि ।

– म सपिङमा बहिनीलाई लिएर जान्छु । किनभने म आफैंंलाई त्यो सेन्स छैन, केसँग के मिलाएर लगाउने हो भनेर । कुनै बेलामा समय मिल्यो भने यसको छुट्टै क्लास नै लिनुपर्ला जस्तो छ ।

अभिनयमा लागेर पहिलोपटक गरेको कमाइको याद छ ?

– हाँस्दै … एकदमै याद छ । धेरै कमाएँ जस्तो लाग्छ ।

फस्ट भिडियो गरेको थिएँ तर, एकै दिनमा सकिएन र एक महिनापछि सर्‍यो । काम सकिएपछि पैसा पाइनेरहेछ । मलाई त थाहा पनि थिएन कि पैसा पाउँछु भनेर ।

भिडियो रिलिज नहुँदै मैले क्लोज अपको विज्ञापन गरेँ । त्यसका लागि २७ हजार पाएको थिएँ । यति पैसा कि जिन्दगीमा कहिल्यै नकमाएको मान्छेले २७ हजार पाएपछि म एकदमै खुसी थिएँ । सबै पैसा लगेर आमालाई दिएँ । उहाँ पनि दंग छक्क पर्नुभयो । धेरै चकलेट किनेँ ।

तर, पैसाले त्यति धेरै खुसी नगर्दोरहेछ ।

किन ?

– त्यो पैसा लिँदा म सायद त्यति खुसी थिइँन, जति त्यो विज्ञापन रिलिज हुँदा भएँ । त्यो विज्ञापन टीभीमा समाचारका अगाडि र पछाडि आउँथ्यो, मैले त्यसका लागि यति धेरै समाचार हेरेँ । हा.. हा.. हा..। पैसाले तपाईको असन्तुष्टि हटाउँछ तर, सन्तुष्टि दिँदैन, मैले त्यो कुरा फिल गरेँ ।

अहिले राम्रो कमाउने अर्थात महंगी नायिका हुनुहुन्छ ?

– आफ्नो अनुभव, अभिनय क्षमता सबैलाई मेन्टेन गर्दै लैजानुपर्छ जस्तो लाग्छ । त्यसकारणले आफूले स्टाण्डर्ड रेट मेन्टेन गर्ने हो । पैसाका लागि भन्दा पनि कामका लागि हो । मैले भिडियोहरुमा राम्रो पैसा पनि लिएको छु । गीत, कन्सेप्टले मनमा छुएर विना पैसा पनि गरेको छु ।

धेरै कति लिनुभएको छ भन्न मिल्छ ?

– नभनौं । पैसाले त्यत्रो ठूलो रोल प्ले गर्दैन कि ? जसका लागि एउटा प्रश्न नै समर्पित गरौं ।

म्युजिक भिडियो र फिल्मपछि चारुमतीमा थिएटरमा पनि देखिनु भयो । थिएटरतिर किन ?

– मलाई लाइभ पर्फम गर्न सक्छु कि सक्दिँन भनेर ट्राइ गर्न मन थियो । भारतीय दूतावासबाट प्रस्ताव आएपछि मैले त्यसबेलाका सबै प्रोजेक्ट थाती राखेर अभिनय गरेँ । मेरो स्वर एमदमै मसिनो भएकाले पछाडिको दर्शकसम्म पुग्ने गरी निकाल्न सक्छु कि सक्दिँन भन्ने डर थियो ।

पछि दर्शकहरुले एकदम मन पराइदिनुभयो । त्यसैले २०१४ मा थिएटर वन अफ द ब्युटीफूल एक्सपिरियन्स रहृयो ।

नीर शाह र प्रशन्न पौडेलमध्ये एकलाई छान्नुपर्‍यो भने ?

कक्षामा १० मा पढ्थेँ । कक्षा ८ को एक जना भाइले प्रेम प्रस्ताव पठायो  । म यति नर्भस भएँ कि लाजले पढ्दै नपढी फालेर घरमा गएर धेरै रोएँ

– ओ माइ गड … यो एकदमै गाह्रो हुन्छ । एकजना, जसले मलाई विश्वास गरेर लन्च गर्नुभयो, जब कि म आफैंलाई विश्वास थिएन म एक्टर बन्न सक्छु भनेर । अर्को, जसले करियरको सुरुमा नै त्यत्रो अवसर दिनुभयो । त्यसैले यो बाबु र आमा छान्नुस् भनेको जस्तै हो ।

मन पर्ने नेपाली नायिका ?

– मलाई मन पर्नेमा गौरी मल्ल । म उहाँबाट एकदमै धेरै इन्स्पायर्ड छु । अहिलेको कुरा गर्दा पि्रयंका कार्की, उसले कडा मेहनत गरेको देखेको छु । अर्को रिचा शर्मा ।

keki adakari (3)

नायकहरुमा कोसँग काम गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ?

– अर्पन थापासँग काम गर्न मन छ । दयाहाङ राई, आर्यन सिग्देल लगायत धेरैसँग मैले स्क्रिन शेयर गरिसकेँ ।
अर्को जीवन लुइटेलसँग जोडी कस्तो होला भन्ने छ । मलाई धेरै प्रश्न आउने गरेको छ, कहिले देखिनुहुन्छ दुईजना भनेर । एकपटक उहाँसँग स्क्रिन शेयर गर्ने मन छ ।

पछिल्लोपटक विमलेश अधिकारीसँग रिलमा विवाह गर्नुभयो । रियल लाइफमा विवाहको रहर लाग्दैन ?

क्रस हुने, मन पर्ने भनेको न्याचुरल कुरा हो ।  त्यस्तो कोही कोही हुनुहुन्थ्यो, जोसँग आफ्नो माइन्ड मिल्ने । एकजना बास्केटबल प्लेयर हुनुहुन्थ्यो

– अहिले नै रहर छैन । किनभने म करियर ओरिएन्टेड गर्ल्ड हुँ । मलाई मेरो परिवार र आफनो जिम्मेवारीसँगै पढाइ पूरा गर्न बाँकी छ । त्यस (विवाह) को राइट टाइम आउँछ । म्यारिज इन्टिच्युसनमाथि विश्वास राख्छु । त्यसका लागि बाटो बनेको छ, जस्तो लाग्छ ।

नायिकाहरुको फ्यान फलोअर धेरै हुन्छन् । प्रेम प्रस्तावहरु पनि धेरै आउँछ होला ?

– एउटा नर्मल केटीलाई त यति धेरै आउँछ भने हामीलाई पनि आउँछ । झन आजकल कति सजिलो भएको छ भने सामाजिक सञ्जालहरुमा सिधै कुरा गर्ने अवसर छ । त्यसैले यो सामान्य कुरा हो ।

पहिलो प्रेम प्रस्ताव याद छ ?

-पहिलो प्रस्ताव कक्षामा १० मा पढ्थेँ । कक्षा ८ को एक जना भाइ थियो । हा.. हा.. हा.. । उसले त्योबेलामा भ्यालेन्टाइन डेमा लेटर लेखेर दिएको थियो । म यति नर्भस भएँ कि लाजले पढ्दै नपढी फालेर घरमा गएर धेरै रोएँ । त्यसपछि मैले त्यो मान्छेसँग कहिल्यै बोलिँन ।

आफूले चाँहि कसैलाई प्रेम प्रस्ताव राख्नुभएको छ ?

– प्रपोज गरेको छैन । यो कुरामा केटीहरु पछाडि नै हुन्छन् । कस्तो हुन्छ भने लजाउने होइन कि अलिकति घमण्ड हुन्छजस्तो लाग्छ । यो कामचाहिँ उसको हो । जति नै मन पराए पनि उसले आएर प्रपोज गर्नुपर्छ भन्ने हुँदारहेछ । मैले साथीहरुको पनि देखेको छु ।

कलेज लाइफमा अलि बढी हुन्छ होला । कलेजमा कसैलाई मन पराउनुभएको थियो ?

-हा.. हा.. । क्रस हुने, मन पर्ने भनेको न्याचुरल कुरा हो । मन परेन, क्रस नै भएन भने त म एकदम एबनर्मल केटी भइहालेँ नि । हा.. हा.. । त्यस्तो कोही कोही हुनुहुन्थ्यो, जोसँग आफ्नो माइन्ड मिल्ने ।

मलाई लुक्स भन्दा पनि उसले आफ्नो कुुरा कत्तिको प्रष्ट राख्न सक्छ भन्ने थियो । कत्तिको इमान्दारितापूवर्क काम गर्छ । एउटा बास्केटबल प्लेयर…. । सपोज । हा हा हा । उसले कति लगाव दिन्छ भन्ने हो ।

भनेपछि बास्केटबल प्लेयर थियो ?

-अहिले याद भएसम्म एकजना बास्केटबल प्लेयर हुनुहुन्थ्यो ।

अहिले ?

-छुट्टै लाइफमा हुनुहुन्छ ।

बेलाबेला याद आउँछ ?

-सम्झिने टाइम नै हुँदैन । अर्को, फेसबुकले यति सजिलो बनाएको छ कि कसैलाई खोज्नुपर्‍यो भने नाम टाइप गरे पुग्छ ।

स्कुटरमा यात्रा गर्नुहुन्छ, पेट्रोल सकिएर वा टायर पन्चर भएर डोर्‍याउनुपरेको छ ?

-एकदमै छ हा.. हा.. हा… । दुई/तीन पटक भएको छ । मैले आफूलाई नर्मल मान्छेहरुले जस्तै लिएको छु । मैले असाधारण व्यक्तिको रुपमा लिएको छैन ।

जीवन के रहेछ ?

-आफूले जसरी बाँच्न खोज्यो, त्यसरी नै हुँदोरहेछ । खुसी भएर एक्सपेक्टेसन, होप खोज्दै जानुहुन्छ भने त्यही हुन्छ । निराश, दुःखी छु भनेर बस्नुभयो भने त्यसरी नै जान्छ । ‘इट इज हाउ यु टेक’ जस्तो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment