+
+

जथाभावी बस रोक्ने यात्रु र चालकलाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २६ गते १८:०३

२६ पुस, ललितपुर । सडक दुर्घटनालाई नियन्त्रण र सडक व्यवस्थापन गर्ने उद्देश्यले लगनखेलदेखि कुपण्डोलसम्म चल्ने सवारी साधनका लागि १० स्थानमा मात्र सवारी साधन रोक्न, यात्रु ओराल्न र चढाउन पाइने भएको छ ।

जथाभावी सवारी साधन रोक्दा पैदल यात्रुलाई हिँडडुल गर्न र सडक अव्यवस्थितसँगै दुर्घटना हुने भएकाले नियन्त्रणका लागि यस्तो व्यवस्था गर्न लागिएको जावलाखेल ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए । उनका अनुसार गाडी रोक्नका लागि नखेल, पाटन अस्पताल, कुमारी पाटी, मानभवन, जावलाखेल, दम्कलमोड, पुल्चोक, इनरमोड, हरिहरभवन र कुपण्डोल गरी १० स्थान निर्धारण गरिएको छ ।

निर्धारण गरेको स्थानभन्दा अन्यत्र गाडी रोकेमा गाडी चालकलाई र रोक्ने प्रयास गरेमा यात्रुलाई समेत कारबाही गरिनेछ । यो नियम लगनखेलदेखि कुपण्डोलसम्म सञ्चालन हुने सबै यातायातका साधनमा लागू हुनेछ ।

हाछेथुका अनुसार यस व्यवस्थाका लागि शनिबार र आइतबार पोस्टर टाँसी प्रचारप्रसार गरिनेछ भने २८ गते सोमबारदेखि कार्यान्वयन गरिनेछ । यसभन्दाअघि यात्रुले जथाभावी गाडी रोक्ने र चालकले पनि ओराल्ने, चढाउने गर्दै आएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?