Comments Add Comment

स्पेनको प्रवासी मञ्चमा जिम्मेवारी बाँडफाँड

बसन्त रानाभाट

बार्सिलोना । प्रवासी नेपाली मञ्च स्पेनले भावी कार्यनीति र कार्यक्रमलाई प्रभावकारी बनाउन संगठनमा जिम्मेवारी बाँडफाँड गरेको छ। तेस्रो अधिबेशनबाट बनेको नयाँ कार्यसमितिको पहिलो बैठकले आगामी दिनमा गरिने कामहरुलाई प्रभावकारी बनाउने भन्दै बाँडफाँड गरेको हो।

बैठकले स्कुल तथा प्रशिक्षणमा युरोप प्रतिनिधि पुष्पराज तिमिल्सिना, एनआरएन बिभागमा (सामाजिक संघ सस्था) संरक्षक मुक्तबहादुर गुरुङ, संगठनमा अध्यक्ष दिनेश गुरुङ, अनुशासनमा अमर गुरुङ, आर्थिकमा दिनेशराज रेग्मी, युवा तथा खेलकुदमा हेम पाण्डे, महिला बिभागमा नारायणी तिमिल्सिना, प्रचारप्रसार (सूचना)मा लक्ष्मण शर्मालाई संयोजकको जिम्मेबारी तोकेको छ।

बैठकले प्रत्येक संयोजकलाई सघाउने गरि एक-एक जना सह–संयोजकको नाम पनि घोषणा गर्दै मञ्चलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने निर्णय गरेको छ। मञ्चले बिभागका सह संयोजकहरुमा क्रमश राजु बस्नेत,सुबास रानाभाट, दीपक भट्टराई, निलबहादुर गुरुङ, रामप्रसाद कंडेल, पुष्प केसी, रीता ढुंगाना रेग्मी र शंकरराज बराललाई तोकेको छ।

बैठकले एनआरएनए स्पेनको पहलमा दूताबास स्थापनको लागि दबाब स्वरूप सरकारलाई ज्ञापन पत्र बुझाउनको लागि नेपाल पठाउनको लागि मञ्चको तर्फबाट सस्थापक अध्यक्ष एबम् युरोप प्रतिनिधि पुष्पराज तिमिल्सिना र निबर्तमान सल्लाहकार दीपक खरेललाई पठाउने निर्णय गरेको महासचिब लक्ष्मण शर्माबाट जारी विज्ञप्तिमा उल्लेख छ। खरेल र तिमिल्सिना दुवै जना नेपाल पुगिसकेका छन्।

बैठकले तेस्रो अधिबेशनको समिक्षा गर्दै समय अभाबले सांस्कृतिक कार्यक्रम राख्न नसकेको भन्दै अन्तरास्ट्रिय कलाकार मञ्च स्पेन लगायत कलाकारहरुसँग क्षमायाचना गरेको छ।

अध्यक्ष दिनेश गुरुङको अध्यक्षता मंगलबार बसेको बैठकले अधिबेशनमा निमन्त्रणालाई स्वीकार गर्दै नेपालदेखि सहभागी बनेका नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावल, युरोपका विभिन्न मुलुकबाट आएका अतिथिहरु , स्पेनका लागि नेपाली कन्सुलर, स्पेनस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार, कलाकार लगायत कार्यक्रममा उपस्थित भई सहयोग गर्ने सबैप्रति धन्यवाद प्रकट गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment