Comments Add Comment

म्यूजिक भिडियोमा रमेश खरेल

ramesh-kharel-in-video-1

यो देशको लागि म जन्म लिएको हुँ
मसँग कसैले युद्धको अब कुरै नगर्नु
रात दिन मलाई चिन्ता यही देशको लाग्छ
केही नगरि म मरे भने पिरले मन पाक्छ

माथि उल्लेखित गीतको म्यूजिक भिडियोमा नेपाल प्रहरीका एसएसपी रमेश खरेलले अभिनय गरेका छन् । प्रहरी सेवामै लागेर सेलिब्र्रेटी बनेका खरेललाई निर्देशक दीपक खाँडले पहिलो पटक भिडियोमा अभिनय गराएका हुन् । गीतको बोल सुन्ने वित्तिकै खरेल भिडियोमा अभिनय गर्न तयार भएका थिए ।

निर्देशक खाँडले अनलाइनखबरसँग भने-‘व्यवसायिक कलाकारलाई काम गराउन बरु गाह्रो हुन्छ होला । तर रमेश सरले लिप्सिङ समेत एक टेकमै गर्नुभयो ।’

रमेश खरेलको साथमा निर्देशक दीपक खाँड
रमेश खरेलको साथमा निर्देशक दीपक खाँड

भिडियोमा अनु शाह र गायक भूवन प्यासीको पनि अभिनय छ । चितवनमा छायांकन गरिएको भिडियो हेलिकप्टरबाट समेत खिचिएको दीपकले बताए । यस्तै, भिडियोमा प्रहरी बटालियनलाई पनि देखाइएको छ । राष्ट्रिय गीत भएकाले रमेश खरेलले अभिनय गरेका हुन् । ramesh-kharel-in-video

dipak-khad-video

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment