Comments Add Comment

बालकोटबाट ओलीले सोधे- मधेसको ठेकेदार को ?

kp oli२ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू तराईकै प्रतिनिधि भएको बताएका छन् ।

मधेसवादी दलहरुले मधेस विरोधी आरोप लगाइरहेका बेला विहीबार भक्तपुरस्थित आफ्नै निवासबाट ओलीले पत्रकारहरुसँग भने-‘तराईमा मेरो पार्टीले ३६/३७ सिट जितेको छ । तराईवाला सबै पार्टीको जोड्दा भन्दा तीन गुणा हाम्रो मत छ । मैले पहाडबाट प्रतिनिधित्व गरेको छैन । माधव नेपालले तराईबाटै जित्नुभएको छ ।’

जनताले एमालेलाई भोट दिएको भन्दै उनले प्रश्न गरे-‘अनि केही केही मान्छेहरू मधेस विरोधी भनेर नगरा पट्छन् । को हो मधेसको ठेकेदार ?’

मधेसका केही जमिन्दारहरुले तीतो पोख्छन् भने आफूहरु केही भन्नु नरहेको भन्दै एमाले अध्यक्ष ओलीले आफू मधेसका गरिव, दलितहरुको पक्षमा रहेको दाबी गरे ।

एमाले अध्यक्ष ओलीले पहाड र तराईलाई छुट्याउने तथा जातीय आधारमा संघीयता र एक मधेस प्रदेश कुनै हालतमा स्वीकार्य नहुने बताए ।

एउटा तार झारेर ल्याइदेउ भन्छन् 

उनले पहाड र तराईलाई छुट्याउने तथा जातीय सदभाव खलबल्याउने संघीयता एमालेलाई कुनै हालतमा स्वीकार्य नहुने बताए । उनले भने-‘मलाई दुई बटा तार झारेर ल्याइदेउ अनि सहमति हुन्छ भन्छन् । यत्ति पनि नसक्ने ल एउटा ल्याइदेउ भन्छन् । यस्तो पनि लचिलो हुन्छ ?’

दलहरुबीच सहमति नभए माघ ८ मा संविधान नबन्ने भन्दै उनले सहमति भए संघीयतासहित विवादित विषय थाती राखेर भए पनि संविधान जारी गर्ने बताए ।

रिपोटर्स क्लबले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले भने-‘तर, अहिले पनि शीर्षस्तरको भनिएको वार्ताबाट आउँदैछु, सहमति हुने देखेको छैन ।’

माओवादीसहितका दलहरुले सहमति पनि नगर्ने र प्रक्रियामा पनि नजाने भनेको भन्दै उनले भने-‘उहाँहरुको यस कुराले संविधान जति वर्षमा पनि आउँदैन ।’ माओवादीले माघ ८ सम्म सहमतिको प्रयास गरौं तर, प्रक्रिया सुरु नगरौं भनेको ओलीले सुनाए ।

१०५ दलका ११० नेता !

सात दलबाट सुरु भएको माओवादीको मोर्चा १०५ दल पुगेको भन्दै उनले देशमा नआउने दलहरुको मोर्चा बनेको भन्दै व्यंग्यसमेत गरेका छन् । दल १०५ दल भए पनि कार्यकर्ता भने ११० रहेको उनको टिप्पणी थियो ।

संविधान जारी हुन नदिने मोर्चामा पार्टीहरु थप भइरहेको भन्दै ओलीले भने-‘संविधान जारी हुन नदिन कहाँबाट विचार प्राप्त हुन्छन् ?

माओवादी नेताहरु बरु ज्यान दिन तयार छौं भनेको भन्दै ओली भने-हामीले कहाँ ज्यान मागेका छौं ? एक थान राम्रो संविधान दिऔं पो भनेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment